पोखरा, २ जेठ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष नारायण शर्मालाई पितृशोक परेको छ ।
शर्माका पिता गंगाधर शर्मा चापागाईको ९० वर्षको उमेरमा शनिबार दिउँसो आफ्नै निवास नवलपुरको कावसाती ९ मा निधन भएको हो । स्वर्गीय शर्मा लामो समय देखि दमको रोगी थिए । स्वर्गीय शर्माका श्रीमती, दुई छोरा र चार छोरी छन् ।
यसैबीच नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले शोक विज्ञप्ति जारी गर्दै स्वर्गीय शर्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
‘अध्यक्ष नारायण शर्माको पूज्यनीय पिता गंगाधर शर्मा चापागाईको निधनको खबरले नेपाल महासंघ गण्डकी प्रदेश समिति मर्मात र स्तब्ध भएको छ ।
यस दुखद् घडीमा महासंघ प्रदेश समिति स्वर्गीय बुबाको आत्माको चीरशान्तिको कामना गर्दै अध्यक्ष शर्मा सहित परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।’ महासचिव गोविन्द सुवेदी द्धारा जारी शोक विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं