पोखरा, २९ वैशाख । नेपाली काँग्रेस कास्कीले आफ्नो पार्टी कार्यालय पोखरा महानगरपालिकालाई आइशोलेशन वार्ड बनाउन सुम्पेको छ ।
कास्की काँग्रेसले सरकारलाई आवश्यक परेमा पोखरा महानगरपालिकाले पोखरा ४ स्थित चिप्लेढुङ्गा र पोखरा ३० स्थित खुदीमा रहेको पार्टी कार्यालय कोरोना संक्रमितका लागि आइशोलेशन वार्ड बनाउन सक्ने भन्दै पार्टीको निर्णय बुझाएको छ ।
नेपाली काँग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाट र प्रवक्ता नवीन सिग्देल बुधबार पोखरा महानगरपालिका पुगेर पार्टीको निर्णयसहितको पत्र बुझाउनु भएको थियो ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा हस्ताक्षरित पत्र बुझ्दै पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले आवश्यक पर्दा समन्वय गरी अघि बढ्ने बताउनुभयो ।
उहाँले कास्की काँग्रेसले संचालन गर्न लागेको एम्बुलेन्स सेवा महानगरपालिकाको एम्बुलेन्स व्यवस्थापन समितिसँग सहकार्य गरी अघि बढ्न आग्रह गर्नुभयो ।
कास्की काँग्रेसले संक्रमितलाई अस्पतालसम्म पुग्न कठिनाइ हुने गरेको र महंगो रकम तिर्नुपर्ने अवस्था रहेकाले पार्टीले जेठ १ गतेदेखि एम्बुलेन्स संचालन गर्ने तयारी गरेको छ ।
पार्टी कार्यालय आइशोलेशन वार्ड बनाउन सक्ने र एम्बुलेन्स संचालन गर्ने निर्णय बारे पार्टीले मङ्गलबार जिल्ला प्रशासन कार्यालय कास्कीलाई समेत जानकारी गराइसकेको प्रवक्ता सिग्देलले बताउनुभयो ।
भर्खरै
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं