झापा, २० वैशाख (रासस) । मेचीनगर नगरपालिका–१५ निलकोठीस्थित बायोग्यास कोइला कारखानामा भएको आगलागीबाट रु १५ करोडको क्षति भएको प्रहरीले जनाएको छ ।
ज्यामिरगढी प्रहरी चौकीबाट ४ किलोमिटर दक्षिण गाउँमा रहेको सो उद्योगले इन्धनमा प्रयोग हुने ब्रिकेट कोइला उत्पादन गर्दै आएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाले उद्योग सञ्चालकलाई उद्धृत गर्दै आगलागीबाट रु १५ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । उद्योगी आदित्य पराजुलीले अकल्पनीय क्षति पुगेको बताउनुभयो ।
आज बिहान ३ बजेतिर कारखानामा आगोको लप्को देखिएपछि प्रहरी र दमकललाई खबर गरिएको थियो । अनियन्त्रित भएर फैलिएको आगो अपराह्न २ः३० बजे (११ घण्टा) सम्म पनि निभाउन सकिएको छैन ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणको ठूलो सङ्ख्याले आगो नियन्त्रणका लागि सघाइरहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार भद्रपुर, मेचीनगर, विर्तामोड, दमक, पथरी र उर्लाबारीबाट आइपुगेका दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
तैपनि कारखानाभित्र आगो दन्किरहेको देखिन्छ । कारखानामा काठ दाउराको ठूलो थुप्रो रहेको हुँदा आगो निभ्न मुस्किल परिरहेको अग्नी नियन्त्रणमा खटिएकाहरु बताउँछन् ।
भर्खरै
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं