कोभिड–१९ को दोस्रो लहरको गाम्भीर्यता बुझ्न र संयम हुन पोउवा संघको आग्रह

कोभिड–१९ को दोस्रो लहरको गाम्भीर्यता बुझ्न र संयम हुन पोउवा संघको आग्रह

PCCI

पोखरा, १७ वैशाख । पोखरा उद्योग वाणिज्य संघले कोभिड–१९ को दोस्रो लहरको गाम्भीर्यता बुझ्न र आफै संयम हुन उद्योगी व्यवसायीहरुसँग आग्रह गरेको छ ।

संघले बिहीबार जारी गरेको विज्ञप्तिमा  तोकिएको निर्धारित अवधिको लागि तोकिएका ‘अत्यावश्यक’ सामग्रीहरुको व्यवसाय मात्रै संचालन गर्न अनुरोध पनि गरेको छ ।

‘संकटको यो घडीमा स्वास्थ्य मन्त्रालयले सुझाएका सुरक्षा तथा सरकार एवं स्थानीय प्रशासनले जारी गरेका मापदण्ड कायम गराउनु व्यक्ति र समाजको लागि हितकर भएकोमा कुनै द्धिविधा छैन’,संघका महासचिव सुरेन्द्रमान विजुक्छेद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ विषमतामा राज्यको आग्रह अवहेलना गर्दा राज्यबाट घोषित राहतका प्याकेजहरु दावी गर्ने नैतिकता पनि बाँकी रहँदैन । विषमतामा मैले व्यवसाय गर्न किन नपाउने भन्ने प्रश्न गौण बन्न पुग्छ भन्ने हामीले मनन गर्नैपर्छ ।’

संघले व्यवसायीहरुले बिक्री बितरण गर्ने सबै सामग्रीहरु सबै कुनै न कुनै बेलाका निम्ति अत्यावश्यक नै हुने भए पनि  शुभ र अन्तिम संस्कारमा चाहिने ‘बस्त्र’लाई एउटै खालको आवश्यकता मान्न सकिँदैन भन्नेमा प्रष्ट हुन पनि व्यवसायीहरुसँग आग्रह गरिएको छ । संघले

आफू सुरक्षित बन्न तथा समाजलाई सुरक्षित राख्नको लागि उद्योगी व्यवसायीहरुलाई पटक पटक अनुरोध गरिएको स्मरण गर्दै  विषमतामा पनि अत्यावश्यक सामग्रीहरुको आपूर्ति प्रणालीलाई सहज राख्नु र अभाव सिर्जना हुन नदिन पनि आग्रह गरेको छ ।

उद्योगी व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले समेत यो समय नागरिकहरु आफै संवेदनशील र जिम्मेवार बन्न आग्रह गरेको उल्लेख गर्दै संघले राज्यको आग्रह अवहेलना गर्दा राज्यबाट घोषित राहतका प्याकेजहरु दावी गर्ने नैतिकता पनि बाँकी नरहने स्मरण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀