सय वर्ष अघिदेखिको इतिहासलाई निरन्तरता दिदै पूजा

सय वर्ष अघिदेखिको इतिहासलाई निरन्तरता दिदै पूजा

kalika mandir (1)

पोखरा, ८ वैशाख । पोखरा महानगरपालिका वडा नं ३२ कालिका नगरस्थित ऐतिहासिक धार्मिक पर्यटकीय तीर्थस्थल कालिका मन्दिरमा सय वर्ष अघिको इतिहासलाई निरन्तरता दिदै चैते दशैं विशेष पूजा गरिएको छ ।

सय वर्ष अघि समाजसेवी स्व.भीमबहादुर बस्नेतको सकृयतामा स्थानीयवासीको सुख, शान्ति र समृद्धिको कामना सहित स्थापित मन्दिरलाई त्यस यता समाजका हरेक व्यक्ति, संघ संस्था एवम् समूहको साझा प्रयासमा व्यवस्थित गर्दै पूजाआजालाई निरन्तरता दिदै आइएको छ ।

मन्दिरमा प्रत्येक वर्षको आश्विन शुक्ल पक्ष(बडा दशैं) का साथै चैते दशैंमा विशेष पूजाआजा गर्ने गरिएको स्थानीय बुद्धिजीवि विष्णुबहादुर बस्नेतले जानकारी दिनुभयो ।

सय वर्ष अघिदेखिको इतिहास र परम्परालाई निरन्तरता दिदै यस वर्ष पनि चैते दशैंका अवसरमा मन्दिरमा विशेष पूजाआजा गरिएको बताउँदै उहाँले उक्त पूजामा पोखरा–३२ सहित आसपासका भक्तजनहरू उपस्थिति रहेको जानकारी दिनुभयो ।

मनोकामना पूरा हुने जनविश्वासका कारण कालिका मन्दिरको आस्था र विश्वास दिनानुदिन बढीरहेको बताउँदै उहाँले यसको समग्र विकासका लागि स्थानीय संघ संस्था, क्लब, आमा समूह एवम् स्थानीय तहको साझा प्रयास आवश्यक हुने बताउनुभयो ।

पृथ्वी राजमार्ग अन्तर्गत लामेआहालबाट करिब तीन सय मिटर उचाइमा रहेको कालिका मन्दिरलाई यस क्षेत्रको आकर्षक धार्मिक पर्यटकीय गन्तव्य बनाउन सकिने स्थानीयवासी बताउँछन् ।

प्रगतिशिल सामूदायिक बन क्षेत्र अन्तर्गत उत्तरी भेगमा रहेको यस मन्दिरमा मनले चिताएको पुग्ने विश्वासका कारण पछिल्ला वर्षमा भाकल पूजा सहित आउनेको क्रम पनि बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
27 Nov · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 26 Nov 2025 19:15 UTC
Latest change: 26 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
142.84up
Indian Rupee 
Indian Rupee
89.23up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.54down
Japanese Yen 
Japanese Yen
156.45down
US Dollar 
US Dollar
1
27 Nov · FX SourceRastra 
Nepal Rastra bank
Check: 26 Nov 2025 19:15 UTC
Latest change: 26 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀