पोखरा, ६ वैशाख । नेपाल व्यूटिसियन संघ कास्कीले पोखरामा सोमबार अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा ६० भन्दा बढी व्यूटिसियनको सहभागिता रहेको थियो । कार्यक्रममा व्यूटिसियन व्यवसायका अवसर, चुनौती र समस्या समाधानका बारेमा छलफल भएको थियो ।
कार्यक्रम उद्घाटन गर्दै नेपाल व्यूटिसियन संघकी केन्द्रीय अध्यक्ष भगवती खड्काले व्यवसायका समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । उहाँले कोरोनाको मारमा व्युटिपार्लर, होटल र सैलनुहरु बढी परेको बताउनुभयो ।
नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य जित गुरुङले सुन्दरताले व्यत्तित्व निर्माणमा सहयोग पुग्ने बताउनुभयो ।
नेपाल व्यूटिसियन संघ गण्डकीकी सल्लाहकार चिनु गुरुङले एकतामा बल हुने भन्दै व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी अध्यक्ष मुरारी शर्मा, कास्की अध्यक्ष विजयराज भण्डारी, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, नेपाल व्यूटिसियन संघ गण्डकी अध्यक्ष कल्पना कोइराला, आजिवन सदस्य माया डंगोल, परेली ग्रुपका डाइरेक्टर भानु ढुङ्गाना, नेपाल यातायात मजदुर संघ गण्डकी अध्यक्ष किरण पन्त, कास्की अध्यक्ष दामोदर पण्डितले बोल्नु भएको थियो ।
नेपाल व्यूटिसियन संघ कास्की अध्यक्ष शर्मिला रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा आजिवन सदस्य हिमानी गुरुङले स्वागत र प्रदेश सचिव यनी पाइजाले सञ्चालन गर्नु भएको थियो ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं