पोखरा, ६ वैशाख । नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस इकाइ समितिले नेवि संघको ५२ औं स्थापना दिवसको अवसरमा सोमबार खुला रक्तदान कार्यक्रम गरेको छ ।
वन क्याम्पसको प्राङ्गणमा आयोजित कार्यक्रममा ५० जना शिक्षक तथा विद्यार्थीले रक्तदान गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस कास्की क्षेत्र नं. २ (ख) कास्कीका सभापति दीपेन्द्र मर्सानीले विद्यार्थीहरुले अध्ययन अनुसन्धानका साथै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय रहनुपर्ने बताउनुभयो ।
त्यस अवसरमा क्याम्पस प्रमुख प्राध्यापक विनोदप्रसाद हेज्यू, प्रजातन्त्रवादी प्राध्यापक संघ पोखरा क्याम्पस इकाइका सभापति डा. ठाकुर सिलवाल, नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष जितेन्द्रमान शाक्य, नेविसंघ इकाइ सभापति ज्ञानेन्द्र रेग्मी, विष्णु आचार्य र पशुपति भट्टराईले बोल्नु भएको थियो ।
इकाइ सभापति ज्ञानेन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रम इकाइ सचिव अस्मित न्यौपानेले सञ्चालन गर्नु भएको थियो ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं