पोखरा, ३० चैत्र । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले देशलाई निकास दिन काँग्रेसको नेतृत्वमा चुनावी सरकार आवश्यक रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन कास्कीले पोखरा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले संसदलाई काम नदिएर अनिर्णयको वन्दी बनाउने ओली सरकारलाई अब धेरै दिन राख्न नहुने बताए ।आगामी मंसिर वा चैत्र महिना भित्र निर्वाचन गराउने गरी सबै दलको सरकार गठन हुनु पर्ने उनको भनाइ छ ।
नेकपा भित्रको विवादले नेपालको राजनीतिमा अस्थिरता आएको उल्लेख गर्दै उनले भने — ‘अहिले एमाले भित्रको गुटको असर संसद र सरकारमा परेको छ।’
नेता डा कोइरालाले माओवादी केन्द«ले सरकारको समर्थन फिर्ता नलिनु र मधेसवादी दलले सरकार गठनमा निर्णय नगर्दा ढिलाई भएको बताए । अब छिटै निर्णय लिएर संसद र सरकारलाई बाटो खोलि दिनुपर्नेमा जोड दिए ।
उनले ओली सरकार जति समय रहन्छ त्यति नै देशमा अराजकता बढ्ने दावी गरे । अहिलेको मिसन ओली सरकार हटाउने हो भन्दै कस्को नेतृत्व हुन्छ भन्ने कुरा पछि छलफल गर्न सकिने बताए । महन्त ठाकुरको नेतृत्वमा सरकार बनाउँदा पनि फरक नपर्ने उनको भनाइ छ ।
नेता कोइरालाले प्रधानमन्त्री ओलीमा राजनैतिक नैतिकता नभएकाले नै सरकारको विकल्प खोज्नु परेको स्पष्ट पारे ।
पार्टीको महाधिवेशन बारेमा बोल्दै उनले भदौ भित्र महाधिवेशन हुनु पर्नेमा जोड दिदै सभापति बाहेक अन्य पदमा नउठ्ने स्पष्ट पारे ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं