धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटे बेलायतका नेपाली

धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटे बेलायतका नेपाली

Telemedicine

लन्डन, १६ चैत (रासस) । बेलायतका नेपाली अहिले धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटेका छन् ।

टेलिफोन र इन्टरनेटमार्फत स्वास्थ्य परामर्श दिइने उक्त सेवा उपलब्ध गराउन बेलायतस्थित स्वीनफेन च्यारिटेबल ट्रष्टको पूर्ण साथ छ ।

ट्रष्टका निर्देशक लर्ड रोजल स्वीनफेन र सहनिर्देशक श्रीमती लेडी प्याट स्वीनफेन हुनुहन्छ । उक्त ट्रष्टले संसारका ७८ देशमा करिब ८०० स्वास्थ्यकर्मी र विज्ञबाट परामर्श दिइरहेको छ । स्वीनफेन च्यारिटीको संरक्षक प्रिन्सेस आन हुन् ।

धादिङको विकट रुबी भ्याली, गङ्गाजुमना, खनियाबास र नेत्रावती डेम्बजोङ गाउँपालिकामा टेलिमेडिसिन सेवा लैजाने सम्बन्धमा शनिबार सरोकारवालाबीच छलफल भएको छ ।

गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) यूकेको पहल र आइसीसी सदस्य रामशरण सिम्खडाको संयोजनमा आयोजित उक्त छलफल कार्यक्रममा ट्रष्टका निर्देशक र सहनिर्देशक, धादिङका सांसद खेम लोहनी, 
प्रदेशसभा सदस्य जगत्बहादुर सिम्खडा, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, पर्वत फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्मा, ट्रष्टका ट्रष्टीहरु क्याथरिन डेभिस र मेजर ह्यू बार्डेल, धादिङ नुवाकोट समाज यूकेका अध्यक्ष सिबी तामाङ, महासचिव धन तामाङ, सल्लाहकार मेजर विष्णु घले, अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष एनके अर्याल, वरिष्ठ उपाध्यक्ष दिनेश तामाङ, महासचिव प्रमोद भट्ट, डा भरत सिम्खडा, डा इन्दिरा रेग्मीलगायतको सहभागिता थियो ।

छलफल पश्चात रामशरण सिम्खडाको संयोजकत्वमा एनआरएनए यूके अध्यक्ष गुरुङ, लेफ्टिनेन्ट चन्द्र गुरुङ, धादिङ नुवाकोट समाज यूकेका धन तामाङ र अन्तर्राष्ट्रिय धादिङ समाजका वरिष्ठ उपाध्यक्ष दिनेश तामाङ सदस्य रहेको एक सञ्चालक समिति गठन गरिएको छ । उक्त समितिमा सांसद लोहनी, प्रदेशसभा सदस्य सिम्खडा र प्रा पदम सिम्खडा सल्लाहकार छन् ।

एक साताभित्रै सञ्चालक समितिको बैठक बसेर कार्ययोजनासहित यथाशक्य सेवा शुरु गर्ने लक्ष्य रहेको संयोजक सिम्खडाले बताए । सम्बन्धित क्षेत्रमा विद्युत्, मोबाइल, कम्प्युटर, इन्टरनेटलगायतका आवश्यक आधारभूत पूर्वाधारहरु तयार भएलगत्तै सेवा सञ्चालन गर्ने योजना बनाइएको छ ।

कार्यक्रममा सांसद तथा प्रदेशसभा सदस्यले नेपाल सरकारका तर्फबाट आवश्यक सबै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए । धादिङको उत्तरी भेगका अन्य गाउँपालिकामा पनि सेवा लैजान आग्रह गर्दै जनप्रतिनिधिले भौतिक संरचनाको जिम्मा आफूहरुले लिने बताए ।

स्वीनफेनको टेलिमेडिसिन सेवा नेपालमा पहिलोपटक पर्वतको चार भञ्ज्याङ क्षेत्रमा आठ वर्षदेखि सञ्चालनमा छ ।
नेपालका अरु केही ठाउँमा पनि स्वीनफेनको यो सेवा उपलब्ध छ । कार्यक्रममा चारभञ्ज्याङ तमु समाजका सल्लाहकार मेजर कृष्ण गुरुङ, क्याप्टेन देउ गुरुङ, तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष हरि गुरुङले आफ्नो परियोजनाबारे अनुभव सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀