पोखरा, ११ चैत । लोक गायक स्व. प्रविण गुरुङको स्मृतिमा उनको जन्म गाउँ अन्नपूर्ण–६ लुम्लेमा हुने विविध कार्यक्रमको तयारी तीव्र पारिएको छ ।
आयोजक रिनी म्यु (दिदीबहिनी दाजुभाई) समाजले बुधवार पत्रकार सम्मेलन गरी चैत १७ गतेदेखि २१ गतेसम्म विविध कार्यक्रम हुने जनाएको छ ।
स्व.प्रविण गुरुङ स्मृति प्रतिष्ठान गठन गर्ने, गुरुङको शालिकको संरक्षण र व्यवस्थापन गर्ने, स्वदेश तथा विदेशमा गुरुङलाई चिनाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो ।
अन्नपूर्ण गाउँपालिकाको विशेष सहयोगमा हुने उक्त कार्यक्रम अन्तर्गत खुल्ला दोहोरी गीत प्रतियोगिता, स्रष्टा सम्मान, दोस्रो गाउँ स्तरीय पुरुष भलिवल प्रतियोगिता (सुनगाभा कप २०७७), लेकाली व्याडको लाइभ कन्सर्ट साथमा विविध साँस्कृतिक कार्यक्रम गरिने समितिका समितिमा सचिव राजु गुरुङले जानकारी दिए । दोहोरी गीत तर्फ ८ समूह र भलिवलतर्फ २० समूहले प्रतिष्पर्धा गर्ने छन् ।
कार्यक्रममा समाजका वरिष्ठ सल्लाहकार आइबहादुर गुरुङ, वडाध्यक्ष चित्रबहादुर गुरुङ, समाजका अध्यक्ष टेकबहादुर गुरुङ, मूल समितिका सदस्यहरु नवीन गुरुङ र जीवन दाहाल, खेल संयोजक रोहित गुरुङ लगायतले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।
त्यस्तै स्वः धनबहादुर गायकलाई मरणोप्रान्त तथा लेकाली व्याण्डका भोकलिष्ट नवीन गुरुङलाई पनि सम्मान गर्ने कार्यक्रम तय भएको छ । चैत २० गते गाउँपालिका अध्यक्ष युवराज कुँवरले स्वः गुरुङको शालिक अनावरण गर्ने कार्यक्रम छ ।
वि.स २०१८ माघ १ गते जन्मेका गुरुङको गीत संगितको क्षेत्रमा लाग्दालाग्दै मिति २०५१ साउन २२ गते काठमाण्डौमा सवारी दुर्घटनामा परी निधन भएको थियो।
स्वः गुरुङका यो दाजुको मिरमिरे आँखा, सालैजो हितैको माया, फूल मायामा नभुल, माथीबाट को आयो सालको पात बजाउँदै लगायतका गीतहरु प्रचलित छन्।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं