पोखरा, १० चैत । पोखरा महानगरपालिका वडा नं १८ सराङ्कोट निवासी गोविन्द गौतमले पोखरा–५ मालेपाटनस्थित बाराही माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरेका छन् ।
विद्यालयबाट २०५० सालको एसएलसी परीक्षा उत्तिर्ण पूर्व विद्यार्थी समेत रहेका गौतमले विद्यालयका ७६ जना विद्यार्थीलाई पोशाक उपलब्ध गराएका हुन् ।
पोशाक हस्तान्तरण कार्यक्रममा पोखरा–५ का वडा अध्यक्ष धनबहादुर नेपाली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बराल, प्रधानाध्यापक शिवप्रसाद भण्डारी, पूर्व विद्यार्थी सुनिल उलक, सुशिला केसी लगायतको उपस्थिति थियो ।कार्यक्रममा सहयोगदाता गोविन्द गौतमले आगामी दिनमा पनि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवप्रसाद भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बराल लगायतले विद्यार्थीका लागि पोशाक उपलब्ध गराउनु प्रशंसनीय कार्य भएको बताए ।
विद्यालयका शिक्षक टंक सुवेदीले विद्यार्थीलाई पोशाक उपलब्ध गराउनका लागि सहयोग दाता एवम् विद्यालय परिवारबीच समन्वयात्मक भूमिका निर्वाह गरेका थिए ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं