नेकपाको मृत्यु हुँदा पनि मलामी जाने मानिस छैनन् – थापा (भिडियो सहित)

नेकपाको मृत्यु हुँदा पनि मलामी जाने मानिस छैनन् – थापा (भिडियो सहित)

nelta

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) गण्डकी प्रदेशको पोखरामा शुक्रबार सम्पन्न दोश्रो अधिवेशनको उद्घाटन समारोहमा नेपाली काँग्रेसका नेता गगन थापासहितका नेताहरु । तस्विरः प्रदीप पौडेल÷पोखरा

पोखरा, ६ चैत । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले नेकपाको मृत्यु हुँदा पनि मलामी जाने मानिस नभएको टिप्पणी गरेका छन् ।

हिजो ओली र प्रचण्डले छातीमा मुड्की बजार्दै अब ५० वर्ष चलाइन्छ भने पनि अब कम्युनिष्ट पार्टी मर्दा कोही नबोल्ने र मलामी जाने मानिस समेत नभएको उनको भनाइ छ ।

उनले उपनिर्वाचनमा नेकपाबाट आएका जनप्रतिनिधिलाई जनप्रतिनिधि नै मान्न नसकिने पनि बताए ।

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) गण्डकी प्रदेशको शुक्रबार दोश्रो अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता थापाले सो कुरा बताएका हुन् ।

मरिसकेका पार्टीका नामबाट निर्वाचित जनप्रतिनिधिलाई अब जनप्रतिनिधि नै मान्न नसकिने पनि उनको भनाइ छ । ‘पार्टी नै नभएपछि जनप्रतिनिधि कसरी भइन्छ ? कोही एमालेमै फर्किए, कोही माओवादीमा फर्किएका छन् । त्यसैले अब पार्टी नै मरिसकेको छ,’ थापाले भने, ‘पार्टी मरेपछि जनप्रतिनिधि रहँदैन, निर्वाचन परिणाम मान्दैनांै भन्नुपर्छ ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहंकारी र अयोग्य तथा प्रचण्ड र माधव नेपाललाई लोभीको संज्ञा दिए ।
५ वर्षका निम्ति नेकपाले सरकार चलाउने र काँग्रेस प्रतिपक्षमा बस्ने म्यान्डेट पाएको भए पनि प्रधानमन्त्रीमा अहंकार हुँदा समस्या भएको उनले बताए ।

‘प्रधानमन्त्री ओलीले ३ वर्ष अघि फागुनमा संसद्मा विश्वासको मत पाएको दिनबाट करिब १८ सय दिन नेकपाले सरकारमा बस्ने जिम्मा पाएको हो । तर नेकपाले आफूलाई सम्हालेर, जिम्मेवारी पूरा गर्नुपर्ने थियो । तर अहिले नेकपा नै छैन,’ उनले भने ।

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघका अध्यक्ष सहदेव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्का, कास्की सभापति कृष्ण केसी, नेता यज्ञबहादुर थापा, विन्दु थापा, नेतृ शारदा पौडेल, नेल्टाका अध्यक्ष जनकबहादुर रावल, महासचिव सुरेश श्रेष्ठ, कास्की अध्यक्ष बसन्त कोइराला लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀