काठमाडौँ, १८ फागुन (रासस) । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अपचलन गरेको पाइएपछि झण्डै एक हजार बढी ढुवानीकर्तालाई कारवाही गरेको छ ।
निगमसँगको करार सम्झौतामा सञ्चालनमा रहेका ट्रक तथा ट्याङ्करले लकिङ तथा फिटिङमा कैफियत गरेको पाइएपछि पछिल्लो तीन महिनामा उनीहरूलाई कारवाही गरिएको हो ।
निगमको १ नं प्रादेशिक कार्यालय विराटनगरले तोकिएको मापदण्डभन्दा बढी क्षति गर्ने ५३ ट्रक तथा ट्याङ्करलाई कारवाही गरेको छ ।
लकिङ तथा फिटिङ चेक गर्दा गलत ढङ्गले पाइपलाइन ट्याङ्कीमा जडान गरिएको पाइएपछि उक्त ट्रकलाई प्रहरी हिरासतमा राखी कारवाही अगाडि बढाइएको १ नं प्रादेशिक कार्यालयले जनाएको छ ।ट्याङ्कीको ताला काटिएको अवस्थामा फेला परेका ती ट्याङ्करलाई तीन महिनाका लागि पेट्रोलियम पदार्थको आपूर्तिमा रोक लगाइएको छ ।
यस्तै पछिल्लो तीन महिनामा २ नं प्रादेशिक कार्यालयले पनि १५० वटा ट्रक तथा ट्याङ्करलाई कारवाही गरेको जनाएको छ । कार्यालयका अनुसार उनीहरूलाई १५ दिनसम्मका लागि ढुवानीमा निलम्बन गरिएको छ । निगमकै इतिहासमा यो सबैभन्दा ठूलो कारवाही भएको बताइएको छ ।
कार्यालयले पाँच चालक÷सहचालकलाई कालोबजारी मुद्दा दायर गरी आजीवन निगमको कुनै पनि डिपोमा प्रवेश गर्न नपाउने गरी निषेध गरेको छ । अनुगमनको क्रममा मिसावट र चोरी गरेको भेटिएपछि पाँच ट्याङ्करलाई छ महिनाको लागि ढुवानी गर्न निलम्बन गरिएको छ । निगमले पछिल्लो तीन महिनामा अनियमितता गर्ने ३०० ट्याङ्कर तथा ट्रकलाई कारवाही गरेको छ । निगमले जरिवानाबापत ती ट्रक तथा ट्याङ्करबाट १० हजार सङ्कलन गरेको छ ।
महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले निगम सुधारको रणनीति योजनाअन्तर्गत रहेर कालोबजारीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाइएको बताए । “निगमको कदमले गैरकानूनी काम गर्ने निरुत्साहित हुनेछन्, यो निगमकै इतिहासमा एक महत्वपूर्ण कारवाही हो”, उनले भने । अनियमित गर्ने ट्याङ्करमाथि कारवाही गरेसँगै पेट्रोलियम पदार्थको चोरी र मिसावट नियन्त्रणमा आउने निगमले जनाएको छ ।
भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं