पूर्वी तराईको साताव्यापी भ्रमणमा कांग्रेस वरिष्ठ नेता पौडेल

पूर्वी तराईको साताव्यापी भ्रमणमा कांग्रेस वरिष्ठ नेता पौडेल

Ramchandra-Paudel

विराटनगर, ७ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आजदेखि पूर्वी तराईका विभिन्न जिल्लाको भ्रमणमा निस्किएका छन्। पौडेल पूर्वी तराईका जिल्लाको भ्रमणका लागि विराटनगर पुगेका छन् ।

पौडेल आज अर्थात फागुन ७ गतेदेखि १३ गतेसम्म पूर्वी र मध्य तराईका जिल्लाको भ्रमण गर्न कार्यक्रम तय भएको उनका निजी सहयोगी चिरन्जीवी अधिकारीले जानकारी दिए।

वरिष्ठ नेता पौडेलले प्रदेशसभामा सत्तापक्षको विपक्षमा दर्ता भएको अविश्वासको प्रस्ताव नेकपा दाहाल–नेपाल समूहलाई सहयोग गरेर पास गराइदिने बताएका छन् ।

विराटनगरमा शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा पौडेलले सत्तापक्षको विपक्षमा बस्नु प्रमुख प्रतिपक्षको धर्म भएकाले प्रदेश १ र वाग्मती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पास गराउन कांग्रेसले समर्थन गर्ने बताएका हुन् ।

प्रस्ताव पास गराउन पार्टी सभापति शेरबहादुर देउवाले रोके पनि प्रदेशसभा सदस्यहरू नमान्ने पौडेलको भनाइ थियो । प्रधानमन्त्री केपी शर्मा ओली समूहलाई काँध हाल्ने प्रस्ताव सभापति देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठकमा ल्याउन नसक्ने दाबी पनि उनले गरे ।

नेकपा दाहाल–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गराएको छ । मुख्यमन्त्री राई अल्पमतमा परेकाले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएका छन् । वाग्मती प्रदेशमा पनि दाहाल–नेपाल समूहले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव प्रदेशसभामा टेबल भइसकेको छ ।

पौडेलले मुलुकलाई जोगाउने आशाको केन्द्र अब सर्वोच्च अदालत मात्र बाँकी रहेको बताए । ‘पहिले पनि राजाले गरेका जथाभावी कुरालाई उल्ट्याएको अदालतको इतिहास छ,’ उनले भने, ‘मुलुकमा विग्रह मच्चाउनेलाई अदालतले तह लगाउनेमा विश्वास छ ।’

चुनाव चिह्नको समेत टुंगो लगाउन नसकेको अवस्थामा निर्वाचन आयोगले तोकिएको समयमा निर्वाचन गराउन नसक्ने पनि उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀