पोखरा, २५ माघ । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले सदस्य पुनर्मिलन कार्यक्रम गरेको छ ।
नयाँ सदस्य र पुराना सदस्य बीचको सम्वन्ध प्रगाढ पार्ने उद्देश्यले सदस्य पुनर्मिलन तथा मैत्रिपूर्ण वनभोज कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक केन्द्रका कोषाध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं.१६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले समाजमा हुने विकृति विसंगती न्यूनिकरण गर्न सामुदायिक सेवा केन्द्रले महत्वपूर्ण भूमिका खेलेको बताए ।
कार्यक्रममा वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरीक्षक मुक्तिनाथ सापकोटाले सामुदायिक सेवा केन्द्र र प्रहरीको समन्वयमा नै अपराधिक क्रियाकलाप न्यूनिकरण गर्न सहज भएको बताए ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी संस्थापक अध्यक्ष सीता गुरुङ, पूर्व अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, पूर्व अध्यक्ष जीवन अधिकारी, निवर्तमान अध्यक्ष तथा सामुदायिक सेवा जिल्ला समन्वय समितिको महासचिव मनपति भण्डारी, सल्लाहकार कृष्ण पौडेल, कानुनी सल्लाहकार हरिप्रसाद अधिकारीले बोलेका थिए ।
सामुदायिक सेवा केन्द्र वगरले फागुन ६ गते प्रजातन्त्र दिवसको अवसर पारेर ट्याक्सीचोक वगरमा खुल्ला रक्तदान कार्यक्रमको अयोजना गर्न लागेको कार्यक्रम संयोजक उपाध्यक्ष कल्पना बास्तोलाले जानकारी दिइन् ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामभूषण पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष तथा कार्यक्रम संयोजक रामप्रसाद अधिकारीले स्वागत र सदस्य दुर्गादत्त आचार्य(दीपक)ले सञ्चालन गरेका थिए ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं