नेपाल लोकतान्त्रिक खेलकुद संघद्वारा संयोजक घोषणा

नेपाल लोकतान्त्रिक खेलकुद संघद्वारा संयोजक घोषणा

Loktantrik Photo

पोखरा, २१ माघ । नेपाल लोकतान्त्रिक खेलकुद संघले पोखरामा प्रदेश तथा जिल्ला संयोजकको घोषणा गरेकोे छ ।

संघले पोखरामा बुधबार कार्यक्रम गरी केन्द्रीय पदाधिकारी, ७ प्रदेश र ७७ वटै जिल्ला संयोजक घोषणा गरेको हो ।

संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले प्रस्ताव गरेको नामलाई पूर्व सञ्चारमन्त्री, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले समर्थन गरेका थिए ।

संघको केन्द्रीय उपाध्यक्षमा विजेन्द्र हमाल(नेपालगञ्ज), महासचिव सुवोध प्रधान(चितवन), सचिव विरबहादुर खड्का (सिन्धुपाल्चोक), बखतबहादुर शाही(हुम्ला), मनिष जोशी(काठमाण्डौं) र कोषाध्यक्ष दशरथ रिमाललाई मनोनित गरिएको छ ।

सदस्यमा दानबहादुर पाल (डडेलधुरा), सूर्यबहादुर खड्का (सिन्धुपाल्चोक), हरिबहादुर विष्ट (सुर्खेत), तिलकराम पौडेल (स्याङ्जा), जगत तामाङ (बर्दिया), विरबहादुर खड्का (सिन्धुपाल्चोक), रवी महर्जन (ललितपुर), पञ्चबहादुर तामाङ विजय (काठमाण्डौं), बच्चन कार्की, पंकज पाण्डे (बारा), जयगोपाल श्रेष्ठ (नवलपरासी), छिरिङ फन्जु लोप्न (रसुवा), अमर पुन (रुपन्देही), मिनबहादुर घले (नवलपुर), राजीव बस्नेत (काठमाडौं), मनराम शाही (कालिकोट), राजेश गुरुङ (कास्की), देव कोइराला (सिन्धुपाल्चोक), विश्व गुरुङ (स्याङ्जा), श्याम विष्ट (कैलाली), राजेशमान श्रेष्ठ (सुनसरी), शेरजंग गुरुङ (तनहुँ), थमन गुरुङ (संखुवासभा), नेपाल कार्की (रौतहट), सरोज सिं (बझाङ), धरम लामिछाने (कास्की) र डम्बर लिम्बु (ताप्लेजुङ) लाई मनोनित गरिएको छ ।

संघको प्रदेश १ मा बसन्तराज अर्याल, प्रदेशमा २ मा बैजनाथ यादव, बाग्मतीमा दीपक गुरुङ, गण्डकीमा हरिश्वर पोखरेल, लुम्बिनीमा नरेन्द्र थापा, कर्णालीमा हरिबहादुर विष्ट र सुदुरपश्चिममा श्याम विष्टलाई मनोनित गरिएको छ ।

कार्यक्रममा बोल्दै लोकतान्त्रिक खेलकुद संघका विभाग प्रमुख तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले निष्क्रिय रहेको नेपाल लोकतान्त्रिक खेलकुद संघ अब जाग्ने बताएका छन् ।

एक फरक प्रसंगमा उनले कम्युनिष्ट सरकारले खेल क्षेत्रमा भ्रष्टाचार गरेको आरोप लगाए । हरेक क्षेत्रमा भ्रष्टाचार गरेको कम्युनिष्ट सरकारले खेलकुद क्षेत्रलाई पनि नछोडेको उनको भनाई छ ।

संयोजक घोषणा भईसकेपछि उनीहरुले नै पालिका र वडा संयोजक घोषणा गर्ने अध्यक्ष देवेन्द्रकुमार शेरचनले जानकारी दिए । संघ स्थापना भएदेखि नै खेलकुद क्षेत्रको विकासमा उल्लेखनीय भूमिका खेल्दै आएको उनको भनाइ थियो ।

संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण के.सी, नेता शुक्रराज शर्मा, पूर्व मन्त्री यज्ञबहादुर थापा, खेलकुद विभाग महासचिव मिमकिशोर महर्जन, गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापा, क्षेत्रीय सभापति मधु बास्तोला र नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ, नेतृ शारदा पौडेल, दीपक गुरुङ, महासचिव सुवोध प्रधानले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै

अमेरिका अपडेट

Loading...
21 Jul · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 21 Jul 2025 00:40 UTC
Latest change: 20 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.84
Indian Rupee 
Indian Rupee
86.11
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.54
Japanese Yen 
Japanese Yen
148.86
US Dollar 
US Dollar
1
21 Jul · FX SourceRastra 
Nepal Rastra bank
Check: 21 Jul 2025 00:40 UTC
Latest change: 20 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀