सञ्चारकर्मीको जागिर र तलब ज्ञारेण्टी गर्न प्रेस युनियन गण्डकीको माग

सञ्चारकर्मीको जागिर र तलब ज्ञारेण्टी गर्न प्रेस युनियन गण्डकीको माग

118621000_1050441802053349_1184754304539510015_n

पोखरा, १३ भदौ । नेपाल प्रेस युनियन गण्डकीले सबै पत्रकार र सञ्चारकर्मीलाई विभिन्न वहानामा मिडिया हाउसले निकालेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

११ वटै जिल्लाका युनियनकर्मीहरुको भर्चुअल भेल ाले पत्रकार तथा कर्मचारीलाई जागिरबाट निकाल्नु अमानवीय र मिडिया मालिकको मनपरी भएको ठहर गरेको छ ।

‘लकडाउनलाई देखाएर नियमित तलब नदिनु गलत छ । कुनैपनि बहानामा आफ्ना कर्मचारी र पत्रकारलाई जागिरबाट निकाल्ने र बेतलबी बिदामा बस्न बाध्य पारिएको घटनाप्रति युनियनको गम्भीर ध्यानाकषर्ण भएको छ,’ भेलापछि जारी अपिलमा भनिएको छ, ‘जागिर गुमाएका वा जागिर छोड्न बाध्य बनाईएका र नियमित पारिश्रमिक नपाएका सञ्चारकर्मीहरुको जागिर र तलब तत्कालै ज्ञारेण्टी गर्न सम्बन्धित सञ्चारमाध्यमसँग नेपाल प्रेस युनियन गण्डकी प्रदेश जोडदार माग गर्दछ ।’

पत्रकार अप्ठ्यारोमा परेको बेला सम्बन्धित जिल्लाका पत्रकार महासंघले पनि प्रभावकारी समन्वय गर्न नसकेको भन्दै युनियनले रिपोर्टिङमा निस्किने पत्रकारलाई सुरक्षित वातावरण सिर्जना गर्न आग्रह गरेको छ । पत्रकारिता पेशाप्रति प्रदेश र स्थानीय सरकार अनुदार भएको युनियनको आरोप छ ।

‘पत्रकारिता पेशाप्रतिको निर्मम संकट समाधानको लागि आवश्यक सहयोग गर्न स्थानीय सरकार र प्रदेश सरकारसँग जोडदार माग गर्दछ,’ अपिलमा भनिएको छ, ‘सबैजसो क्षेत्रमा सरकारले सहुलियत दिईरहेको अवस्थामा मिडियाको संरक्षणमा सरकारको सहयोग पुगेको छैन । सबैखाले सञ्चार माध्यमलाई सहुलियत ऋण वा लोककल्याणकारी विज्ञापनको अवधारणा अनुसार प्रदेश र स्थानीय सरकारले सहयोग गरोस् ।’

५ बुँदे अपिलमा जोखिममा रहेका पत्रकारको सहज पिसिआर गर्न र संक्रमण पुष्टी भएकाको उपचारमा सहयोग गर्न सरकारसँग माग गरिएको छ भने पत्रकारलाई पेशामै टिकाईराख्न लेखनबृत्ति र तालिम लगायतका कार्यक्रम सञ्चालन गर्न पत्रकार महासंघसँग आग्रह गरेको छ ।

भेलालाई सम्बोधन गर्दै नेपाल प्रेस युनियन केन्द्रीय अध्यक्ष बद्री सिग्देलले पत्रकार महासंघको चुनावको तयारी गर्न सबैलाई निर्देशन दिए । ‘अहिले महासंघको चुनावको मिति तोकिएको छ । अब हाम्रो ध्यान त्यसमा केन्द्रीत हुनुपर्छ । आवश्यक रणनीति बनाएर धेरै ठाउँमा जित्ने अवस्था सिर्जना गर्नुस्,’ जिल्ला र प्रदेशलाई निर्देशन दिँदै उनले भने, ‘आवश्यकत्ता अनुसार केन्द्रले सहयोग गर्न तयार छ ।’

उनले प्रेस युनियनमा महाधिवेशनको तयारी पनि भैरहेको सुनाए । ‘यो समितिको कार्यकाल लामो भैसक्यो । अब धेरै पर सार्नु हुन्न,’ उनले भने, ‘कसरी हुन्छ महाधिवेशन गर्नुपर्छ । ब्यालेटबाट गर्ने वा डिजिटल गर्ने भन्ने सल्लाह भैरहेको छ ।’

कोरोनाको असर नियमित थपिँदै गएको र पत्रकारिता पेशामा गम्भिर संकट आएकोले त्यसको निराकरणका लागि आवाज बुलन्द गरिएको युनियनका प्रदेश संयोजक प्रदीप काफ्लेले बताए । ‘धेरै साथीको जागिर गैसक्यो । भैरहेकाहरुको पनि ज्ञारेण्टी छैन । तलब खान पाएका छैनन्,’ उनले भने, ‘यस्तो जटिल अवस्थामा पनि सरकार चुपचाप छ । पेशागत संघ संगठनहरुले आवाज उठाएका छैनन् । सरकार र सरोकारवालाको ध्यानाकर्षणकै लागि यो अपिल गरिएको हो ।’

बैठकले पत्रकार स्व. बलराम बानियाँको मृत्युप्रति श्रद्धान्जली व्यक्त गरेको छ । बैठकमा १० वटा जिल्लाका प्रेस युनियन र पत्रकार महासंघका अध्यक्ष तथा प्रतिनिधिले जिल्लागत विवरण प्रस्तुत गरेका थिए ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेल, पूर्व उपाध्यक्ष गंगाधर पराजुलीलगायतले प्रेस युनियनको सक्रियतामा ख्याल गर्न सुझाए ।

बैठकको सञ्चालन युनियनका साविक गण्डकी अञ्चल संयोजक टंक अधिकारीले गरेका थिए भने केन्द्रीय सचिव केवी रानाले धन्यवाद दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀