पोखरा, २८ साउन । नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाले राजश्व हिनामिना गरेकोमा विरोध गर्दै बुधबार ज्ञापनपत्र बुझाएको छ ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा गएको टोलीले महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई ज्ञापनपत्र बुझाएको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।
ज्ञापनपत्रमा नगरबासीले तिरेको करमध्येको १३ करोड बढी रकम हिनामिना हुनु सामान्य विषय नभएको भन्दै यस्तो गम्भीर विषयको तत्काल छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग गरिएको छ ।
कास्की काँग्रेसले पोखरा महानगरपालिका वडा नं २१ का वडा सदस्य राम गुरुङले विकास निर्माणको बजेटमा कमिसन मागेको अडियो सार्वजनिक हुनु अत्यन्तै अशोभनिय र लज्जाजनक विषय भएको भन्दै सत्यतथ्य छानविन गरी दोषी उपर कडा कारवाहीको माग गरेको छ ।
यस्ता विषयमा महानगरपालिका समयमा नै गम्भीर नभए अवस्था भयावह हुने चेतावनी समेत कास्की काँग्रेसले दिएको छ ।
त्यस्तै, महामारीको अवस्थामा संक्रमितको उपचारलाई व्यवस्थित गर्न र कोरोना परीक्षणको दायरा बढाउन आवश्यक देखिएकाले त्यसतर्फ गम्भिरता देखाउन महानरपालिकाको ध्यानाकर्षण गराइएको छ ।
लकडाउनका बेला संकलित र वितरित राहत विवरण अझैसम्म सार्वजनिक नभएकोप्रति निन्दा गर्दै तत्काल राहत विवरण सार्वजनिक गर्न र महानगरपालिका भित्रका बेथिति बारे काँग्रेसबाट निर्वाचित ११ जना वडाध्यक्षले उठाएका १६ विषयप्रति गम्भीर बन्न महानगरपालिकाको ध्यानाकर्षण गराइएको छ ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीले महानगरपालिकाका गतिविधिका कारण जनप्रतिनिधिप्रति जनताको विश्वास घटेको भन्दै दुःख व्यक्त गरे । आफूहरुले उठाएका विषयमा गम्भीर नभए आन्दोलन गनुपर्ने अवस्था सृजना हुने उनले चेतावनी दिए ।
महानगरपालिका प्रमुख मानबहादुर जिसीले काँग्रेसले उठाएका विषय गम्भीर भएर कार्यन्वयन गर्ने प्रतिवद्वता व्यक्त गरे ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं