पोखरा, १५ साउन । पोखराका शिक्षाविद प्रा.डा. राधेश्याम कायस्थको विहीवार निधन भएको छ ।
लामो समयदेखि दम रोगबाट ग्रसित कायस्थको ७८ वर्षको उमेरमा पोखरास्थित चरक मेरोरियल अस्पतालमा बिहान निधन भएको हो ।
स्वर्गीय कायस्थको विहीवार नै शान्तिघाटमा अन्त्येष्टि गरिएको थियो । स्व. राधेश्यामका श्रीमती लक्ष्मीमाया, दुई छोरा सञ्जीव र राजु कायस्थ र एक छोरी प्रतिमा श्रेष्ठ रहेका छन् ।
कायस्थ पोखराको नदीपुरस्थित न्यू ग्यालेक्सी उच्च माविका संस्थापक र प्रमुख संरक्षक थिए । पोखराबाट एमएस्सी पास गर्ने पहिलो व्यक्ति रहेका स्वर्गीय कायस्थ ३७ वर्ष सम्म लगातार पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गरेका थिए ।
विद्यार्थीलाई आफ्नो सम्पत्ति र सन्तति ठान्ने स्वर्गीय कायस्थ आफ्नो जिवनको अन्तिम क्षण सम्म पनि शिक्षा क्षेत्रमा खटिनै रहे ।
उनी पोखरास्थित पृथ्वीनारायण क्याम्पसको सहायक क्याम्पस प्रमुख, विज्ञान संकायको डीन भएर सेवा गरेका थिए ।
पोखरा विश्वविद्यालयको सिनेटर सदस्य, फूलवारीस्थित माउण्ट अन्नपूर्ण स्कूलका क्याम्पस चिफ समेत रहेर काम गरेका स्वर्गीय कायस्थ विभिन्न मान, पदवी, सम्मानबाट सम्मानित भएका थिए ।
धेरै संघ संस्थामा आवद्ध भएर काम गरेका स्वर्गीय कायस्थ पोखराको शैक्षिक तथा विज्ञान क्षेत्रको विकासमा अतुलनीय योगदान रहेको छ ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं