जीपी फाउण्डेशनले ग¥यो प्रेस युनियनलाई प्रेस ज्याकेट सहयोग

जीपी फाउण्डेशनले ग¥यो प्रेस युनियनलाई प्रेस ज्याकेट सहयोग

press jecat

पोखरा, २० असार । जीपी फाउण्डेशन कास्कीले नेपाल प्रेस युनियन कास्कीलाई प्रेस ज्याकेट सहयोग गरेको छ ।

पूर्व प्रधानमन्त्री नेपाली काँग्रेसका पूर्व सभापति शान्ति नायक, युग पुरुष स्व.गिरिजाप्रसाद कोइरालाको ९७ औं जन्म जयन्तीको अवसरमा जीपी फाउण्डेशन कास्कीले प्रेस युनियन कास्कीलाई शनिवार एक कार्यक्रमकाबीच ५० थान प्रेस ज्याकेट सहयोग गरेको हो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल, जीपी फाउण्डेशन गण्डकी प्रदेशकी संयोजक संविधान सभासद् शारदा पौडेल, कास्कीका अध्यक्ष यादवराज अधिकारीले नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देललाई प्रेस ज्याकेट हस्तान्तरण गरेका थिए ।

ती प्रेस ज्याकेट प्रेस युनियन कास्कीका अध्यक्ष सिग्देलले सोहि अवसरमा क्रियाशील पत्रकारलार्ई वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले काँग्रेसले प्रधानमन्त्री पद पाएपनि सरकारमा जान नहुने बताएका छन् ।

पछिल्लो समय नेकपामा देखिएको विवादका कारण नेकपाको कुनै गुटसँग मिलेर काँग्रेस सरकारमा सहभागी हुने हो कि भन्ने हल्ला चलिरहेको बेला केन्द्रीय सदस्य पौडेलले अहिले काँग्रेस सरकारमा सहभागी हुनु भनेको विलय हुनु तर्क गरे ।

‘अहिले नेपाली काँग्रेसलाई प्रधानमन्त्री पद दिए पनि सरकारमा सहभागी हुनु हुदैन’ केन्द्रीय सदस्य पौडेलले भने, ‘नेकपामै दुई तिहाई भएको बेला सरकारमा रहेर केहि काम गर्न सकेको छैन । नेकपाको एउटा गुट समातेर सरकारमा सहभागी हुनु भनेको विलय हुनु जस्तै हो ।’

उनले वर्तमान सरकारले संविधानसँग बाँझिने गरी ऐन ल्याउन खोजेर निरकुंशता लाद्न खोजेको बताउँदै यसका लागि काँग्रेसले शशक्त प्रतिकार गर्नुपर्ने उल्लेख गरे ।

‘साढे दुई वर्ष भयो यो सरकार बनेको, आफ्नो स्वार्थ बाहेक अरु केहि काम गरेको देखिएन’ केन्द्रीय सदस्य पौडेलले भने, ‘दुई तिहाइ बहुमतको सरकार छ, काम गर्न कसैले छेकेको छैन । क्षमता नभएको मान्छेले काम गर्न सक्दैन भन्ने अहिले प्रमाणित भएको छ । त्यसैले यो सरकारसँग केहि अपेक्षा गर्न सकिदैन ।

उनले स्वर्गीय गिरिजाप्रसाद कोइराला नेपाली राजनीतिको इतिहास भएको बताए ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले यो महामारीमा अग्रपंक्तिमा रहेर रिपोटिड्ड गर्ने पत्रकारलाई प्रेस ज्याकेट दिएर फाउण्डेशनले उदाहरणीय कार्य गरेको बताए ।

जीपी फाउण्डेशन गण्डकी प्रदेशकी संयोजक संविधान सभा सदस्य शारदा पौडेलले प्रेस ज्याकेटले लोकतन्त्रवादी पत्रकारको पहिचान झल्काउने बताइन् ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष एवम् कास्की काँग्रेसका प्रवक्ता नविन सिग्देलले काँग्रेस सहित प्रेस युनियनको पहिचानका लागि ज्याकेट महत्वपूर्ण बन्ने बताए ।

यसअघि जीपी फाउण्डेशन कास्कीले नेपाल प्रेस युनियन कास्कीलाई स्वास्थ्य सुरक्षा सामाग्री पनि सहयोग गरेको थियो ।

जीपी फाउण्डेशन कास्कीका अध्यक्ष यादवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सहसंयोजक राजेन्द्रनिधि कोइराला, काँग्रेसका महासमिति सदस्य वीरेन्द्रनारायण विजुक्छे , फाउण्डेशन कास्कीका सचिव मोतिराज तिमिल्सिना, प्रेस युनियन कास्कीका उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
17 Nov · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 17 Nov 2025 00:20 UTC
Latest change: 16 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
142
Indian Rupee 
Indian Rupee
88.71
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
154.52
US Dollar 
US Dollar
1
17 Nov · FX SourceRastra 
Nepal Rastra bank
Check: 17 Nov 2025 00:20 UTC
Latest change: 16 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀