कास्की काँग्रेससहितका दल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, कोरोना संक्रमितको उपचार छुट्टै स्थानमा हुने

कास्की काँग्रेससहितका दल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, कोरोना संक्रमितको उपचार छुट्टै स्थानमा हुने

Pratistan

पोखरा, १९ असार । नेपाली काँग्रेस कास्कीको नेतृत्वमा जनता समाजवादी पार्टी कास्की र राप्रपा कास्कीका प्रतिनिधि शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले कोरोना संक्रमितको उपचारमा गरेको व्यवस्था बारे जानकारी लिन र अन्य बिरामीको समस्या बारे जानकारी गराउँन तिन दलका प्रतिनिधि प्रतिष्ठान गएको कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले बताए ।

टोलीमा कास्की काँग्रेसको तर्फबाट सभापति कृष्ण केसी, सचिव देवेन्द्र रानाभाट, प्रवत्ता नवीन सिग्देल, जनता समाजवादीको तर्फबाट अध्यक्ष गिरिप्रसाद गुरुङ, सचिव नारायणप्रसाद भण्डारी, पोखरा महानगर समिति अध्यक्ष टिकाराम पौडेल र राप्रपा कास्कीको तर्फबाट कार्यवाहक सभापति गणेश ढकाल सहभागी थिए । छलफलमा नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेश अध्यक्ष नारायण बराल पनि सहभागी थिए ।

छलफलमा कास्की काँग्रेसका सभापति कृष्ण केसीले अस्पताललाई कोरोना अस्पताल बनाउँदा सर्वसाधारण नागरिक सहज र सर्वसुलभ उपचारबाट बञ्चित भएकोप्रति ध्यानाकर्षण गराउँदै कास्की काँग्रेसले कोरोना उपचारका लागि विगतदेखि नै छुट्टै स्थान व्यवस्था गर्न माग गरेको उल्लेख गरे ।

सो टोलीलाई प्रतिष्ठानका उपकुलपति डा. बुद्विबहादुर थापा र निर्देशक डा अर्जुन आचार्यले स्वाब परीक्षण र उपचारको अवस्थासहित भावि योजनाहरु जानकारी दिदै अस्पताललाई थप व्यवस्थित बनाउनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।
प्रतिष्ठानका उपकुलपति डा थापाले विगतमा धेरै अन्यौलता रहेपनि अब भने सहज रुपमा सेवा प्रवाह भैरहेको जानकारी दिए । उनले सबै पक्षसँगको सहकार्य र समन्वयमा काम गरिरहेको बताए ।

निर्देशक डा आचार्यले अबको केही दिनभित्र कोरोना संक्रमितको उपचार छुट्टै स्थानमा गरिने जानकारी दिए ।

‘अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसँग कोरोना संक्रमितको सम्पर्क नहुने गरी छुट्टै स्थानको व्यवस्था गरेका छौं, उनले भने, यसले अन्य बिरामीलाई उपचार सेवा लिन सहज हुने अपेक्षा गरेका छौं।’

कास्की काँग्रेसले शुरुवातको अवस्थादेखि पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना अस्पताल नबनाउन माग गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
11 Oct · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Oct 2025 00:20 UTC
Latest change: 10 Oct 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
141.9
Indian Rupee 
Indian Rupee
88.64
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
152.74
US Dollar 
US Dollar
1
11 Oct · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Oct 2025 00:20 UTC
Latest change: 10 Oct 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀