अन्नपूर्ण गाउँपालिकालाई नेलम्बो नेपालबाट स्वास्थ्य सामग्री सहयोग

अन्नपूर्ण गाउँपालिकालाई नेलम्बो नेपालबाट स्वास्थ्य सामग्री सहयोग

nelambo nepal

पोखरा, १ असार । नेलम्बो नेपालले अन्नपूर्ण गाउँपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड—१९ को बढ्दो संक्रमण र उच्च जोखिमको परिस्थितिलाई मध्यनजर गर्दै संस्थाले यसको संक्रमण, रोकथाम तथा नियन्त्रणमा सावधानी अपनाउनका लागि चिकित्सा सामाग्रीहरु प्रदान गरेको हो ।

अन्नपूर्ण गाउँपालिकालाई पि.पि.ई सेट, थर्मल गन, स्यानिटाईजर, एन नाइन फाइव मास्क, गल्वस, हात धुने साबुनसहित स्वास्थ्य सुरक्षाका सामग्रीहरु सहयोग गरेको हो।

नेलम्बो नेपालले एक कार्यक्रमका वीच गाउँपालिकाका अध्यक्ष युवराज कुवँर, उपाध्यक्ष सगुन गुरुङलाई नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा कोषाध्यक्ष अन्जना तझ्या, कार्यक्रम संयोजक डा. किसन कोइराला, जनसम्पर्क सुपरिवेक्षक भीम प्रसाद भण्डारी र हेल्थ प्रमोसन अफिसर निर्मला देवकोटाको हस्तान्तरण गरेका हुन्।

ती सामाग्रीहरु कोभिड–१९ को महामारीको समयमा अग्रपंक्तिमा रही स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेका स्वास्थ्यकर्मीहरुको विशेष सुरक्षा प्रदान गर्ने उद्देश्यले उपलब्ध गराईएको संस्थाका अध्यक्ष एकदेव देवकोटाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै संस्थाका कार्यक्रम संयोजक डा.किसन कोइरालाले आवश्यकता र मागलाई मध्यनजर गर्दै भावी दिनहरुमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस अवसरमा अध्यक्ष एकदेव देवकोटाले आ.व. २०७७÷०७८ का लागि संस्थाको कार्यक्रम तथा विनियोजित बजेटको विवरण गाउँपालिकाका अध्यक्ष कुवँरलाई हस्तान्तरण गरे ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष अन्जना तझ्याले गाँउपालिकासँग सहकार्य गरी कार्यक्रमहरु संचालन गर्न पाएकोमा गाँउपालिकालाई धन्यवाद व्यक्त गरिन् ।

कार्यक्रममा अध्यक्ष कुवँरले संस्थाले गरेको सहयोग उपयोगि भएकोमा धन्यवाद दिदैं आगामी दिनहरुमा संस्थासँग सहकार्य गर्दै अगाडी बढ्नका लागि अनुरोध गरे।

अन्नपूर्ण गाउँपालिका स्वास्थ्य संयोजक ऋषिराम पौडेलले संस्थालाई धन्यवाद दिदै उक्त सामाग्रीहरु आवश्यकता र माग अनुसार गाउँपालिका अन्र्तगतका विभिन्न स्वास्थ्य संस्था र क्वारेन्टीन स्थलहरुमा सहितरीकाले सदुपयोग गर्ने विश्वास दिलाए ।

विगत ३ वर्षदेखि नेलम्बो नेपालले नियमित रुपमा स्वास्थ्य, शिक्षा र वातावरण सम्बन्धी विभिन्न कार्यहरु संचालन गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
11 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 01:00 UTC
Latest change: 10 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.95
Indian Rupee 
Indian Rupee
89.92
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
156.72
US Dollar 
US Dollar
1
11 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 01:00 UTC
Latest change: 10 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀