पोखरा, २५ जेठ । नेपाली काँग्रेस कास्कीले लकडाउनका बेला व्यवसायीलाई कर तिर्न गरेको आग्रहप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘व्यापार, व्यवसाय ठप्प रहेको अवस्थामा व्यवसायीले कर तिर्ने अवस्था छैन, विज्ञप्तिमा भनिएको छ, यस्तो अवस्थामा व्यवसायीलाई कर तिर्न बाध्य पार्न खोज्नु सरकारको गैरजिम्मेवारी हो ।’
लकडाउनको अवधीमा सरकारले कर तिर्न गरेको आग्रहले व्यवसायीलाई हातोत्तसाहि बनाएको भन्दै गैरजिम्मेवार नबन्न सरकारलाई आग्रह गरिएको छ ।
विज्ञप्तिमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकार गम्भीर नभएको उल्लेख छ । परीक्षणको दायरा बढाउन र व्यवस्थित क्वारेन्टिनको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।
लामो समयको लकडाउनसँगै गरिब, विपन्न र दैनिक ज्यालादारी मजदुर नराम्ररी प्रभावित बनेको अवस्थामा सरकारले राहत वितरण रोकेकोप्रति आपत्ती जनाएको छ । तत्काल राहत वितरणको लागि आग्रह गर्दै विज्ञप्तिमा भनिएको छ, ’नागरिकका समस्यामा सरकार गम्भीर बन्न आवश्यक छ ।’
कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा वर्तमान अवस्थामा कारोना लक्षित बजेट ल्याउन तीन वटै तहका सरकारको ध्यानाकर्षण गराइएको छ ।
विज्ञप्तिमा कृषकका लागि बीउँबिजन, मलसहित राहतको प्याकेज ल्याउन र विद्यार्थीको पठनपाठनका लागि गम्भीर बन्न आग्रह गरिएको छ ।
त्यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना अस्पताल बनाउनु अव्यवहारिक भएको भन्दै अन्य विकल्प खोज्न ढिला गरिएकोप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।
विज्ञप्तिमा विदेशमा रहेका नेपालीलाई सुरक्षित रुपमा ल्याउन र उचित व्यवस्थापनमा ध्यान दिन सरकारसँग आग्रह गरिएको छ ।
विज्ञप्तिमा पोखरासहित देश, विदेशमा रहेका कोरोना संक्रमितको स्वास्थ्यलाभ र दिवंगत भएकाको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं