पोखरा, २७ वैशाख । नेपाल प्रेस युनियन कास्कीका साधारण सदस्य दामोदर आचार्यलाई पितृशोक परेको छ ।
उनका बुबा घनश्याम आचाार्यको पोखरा ११ काँहुस्थित निवासमा ८५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।
स्व. आचार्य साविक काँहु गाविसको नेपाली काँग्रेसका संस्थापक सभापति हुन् । उनले काँहु देउराली बहुउद्देश्यीय सहकारी संस्थाको भवन निर्माणका लागि जग्गा दिएका थिए । उनी रवीबाली खेती अभियानका अभियन्ता पनि हुन् ।
स्व. आचार्यका तीन छोरा र पाँच छोरी छन् । तीन छोरामध्य दामोदर माइला छोरा हुन् । दामोदर नेपाली काँग्रेस पोखरा ११ वडा कार्यसमितिका सचिव हुन् । जेठा छोरा भेषराज आचार्य प्रेस युनियन कास्कीका पूर्व सचिव हुन् । कान्छा छोरा शिवराज आचार्यमा व्यवसायमा संलग्न छन् ।
यसैबीच, नेपाल प्रेस युनियन कास्कीले सदस्य आचार्यलाई परेको पितृशोकप्रति दुःख व्यक्त गरेको छ ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेलले शोक विज्ञप्ति प्रकाशित गरी दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका हुन्।
त्यस्तै, नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति माधव बास्तोला ‘मधु’ले पनि शोक विज्ञप्ति प्रकाशित गरी आचार्यको निधनले पार्टीमा अपुरणिय क्षति पुगेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं