पोखरा, १७ वैशाख । नेपाली काँग्रेस क्षेत्र नं ३ कास्कीका सभापति पोषनाथ शर्मालाई पितृशोक परेको छ ।
उनका बुबा टेकनाथ पौडेलको ८३ वर्षको उमेरमा बुधबार बिहान पोखरा १८, विन्ध्येश्वरी टोल पाखास्थित निवासमा निधन भएको हो । उनी केही समयदेखि क्यान्सर र मुटु सम्बन्धी समस्याबाट प्रभावित थिए ।
स्व. टेकनाथ तत्कालिन सल्यान गाउँ पञ्चायत अध्यक्ष र २०४९ मा तत्कालिन सल्यान गाविस वडा नं ८ को वडाध्यक्ष भएका थिए ।
उनका पाँच छोरामध्य पोषनाथ जेठा छोरा हुन् । दयाराज पौडेल, टेकराज पौडेल र टुकराज पौडेल छोरा हुन् । छोरा खेमराज पौडेलको यसअघि नै निधन भैसकेको छ ।
उनको पार्थिव शरीर बुधबार नै पोखरा १, गाईघाटमा अत्येष्टि गरिएको छ । कास्की काँग्रेसका सभापति कृष्णबहादुर केसी, उपसभापति आइबहादुर गुरुङ, सचिव देवेन्द्र रानाभाट, पोखरा नगर सभापति बजिरमान श्रेष्ठ, नेता युवराज कुँवरलगायतले पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले बताए ।
यसैबीच नेपाली काँग्रेस कास्कीले शोक विज्ञप्ति प्रकाशित गरी पौडेलको निधनप्रति दुःख व्यक्त गरेको छ ।
विज्ञप्तिमा दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं