पोखरा, ४ वैशाख । पोखराको पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक डा. गिरधारी दाहालले अनलाइनमार्फत् विद्यार्थीलाई पढाउन शुरु गरेका छन् ।
उनले मानविकी संकाय स्नाकोत्तर तहको राजनीतिशास्त्रको पठनपाठन अनलाइनमार्फत् शुरु गरेका हुन् ।
लामो समयसम्मको लकडाउनमा पनि विद्यार्थीको पढाई प्रभावित नहोस् भनेर त्यसरी पठनपाठन शुरु गरेको उनको भनाइ छ ।

उनले चैत २५ गतेदेखि नै त्यसरी पढाउन शुरु गरेको बताए । राजनीतिशास्त्रमा २५ जना विद्यार्थी अध्ययनरत भएपनि दैनिक जसो १५ जना विद्यार्थीले अनलाइनमार्फत् पढिरहेका छन् । चितवन, तनहुँ र कास्कीले विद्यार्थीले अनलाईनमार्फत् पढिरहेको बताइएको छ ।
‘समयको सदुपयोग पनि भएको छ, पढाउने म र पढ्ने विद्यार्थी खुशी छौं, सहप्राध्यापक दाहालले भने, अनलाइन पढाईलाई सबैले अबलम्बन गर्न आवश्यक छ ।’ बिहान करीब ७ः३० देखि नौ बजेसम्म त्यसरी पढाई हुँदै आएको छ ।
पृथ्वीनारायण क्यापम्समा स्नाकोत्तर तहमा २० विषयको पढाई हुँदै आइरहेको छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं