पोखरा, २८ चैत । नेपाली काँग्रेस कास्कीले राष्ट्रिय संकटका बेला अग्रपंक्तिमा रहेर सेवा दिइरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल माथि उठाउन माग गरेको छ ।
सरकारले मानसिक दबाब र त्रासपूर्ण वातावरणमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई काम गराउन नहुने भन्दै उनीहरुका लागि आवश्यक सुरक्षा सामग्री र सुविधासहित व्यवस्था गरी मनोबल उठाउने वातावरण बनाउन माग गरेको हो ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा राहत वितरण समेत प्रभावकारी नभएको भन्दै ध्यानाकर्षण भएको उल्लेख छ ।
‘राहत अत्यावश्यक रहेको वर्ग मजदुर र ज्यालादारी गर्नेसम्म राहत पुग्न नसकेको गुनासो टोलटोलबाट आएको छ विज्ञप्तिमा भनिएको छ,राहत नपाउँदा कष्टकर दैनिकी बिताउन बाध्य मजदुर र ज्यालादारी वर्गलाई यथाशिघ्र राहत उपलब्ध गराउँन माग गर्दछौं।’
विज्ञप्तिमा राहत वितरणमा देखिएको राजनीतिक पूर्वाग्रहप्रति समेत आपत्ति जनाएको छ ।
भर्खरै
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं