पोखरा, २९ फागुन । पोखरा २४, कास्कीकोटका काँग्रेस कार्यकर्ताले आफूहरु नेकपामा प्रवेश गरेको भनि नेकपाले गलत प्रचार गरको भन्दै आपत्ति जनाएका छन् ।
१५ जना काँग्रेस कार्यकर्ताले बिहीबार सामूहिक विज्ञप्ति जारी गरी काँग्रेस छाडेको भनि आफूहरुमाथि चोट पुर्याएको उल्लेख गर्दै आफूहरु काँग्रेसकै कार्यकर्ता भएको स्पष्ट पारेका छन् ।
नेकपाका नेताले भाषण जसको पनि सुन्न हुन्छ भनेपछि कार्यक्रममा सहभागी बनेकोमा एकाएक नाम बोलाएर माला लगाइदिएर कम्युनिष्ट बनेको भन्दै प्रचार गरिएकोप्रति उनीहरुले दुःख व्यक्त गरेका छन् ।
‘नेकपासँग हाम्रो कुनै सम्बन्ध छैन, विज्ञप्तिमा भनिएको छ, ‘गलत प्रचार नगर्न आग्रह गर्दछौं।’
यसरी विज्ञप्ति जारी गर्नेमा पोखरा २४, बाँस्कोटाका बमबहादुर कार्की, सुनिता थापा, विमल खत्री, शिव थापा, लक्ष्यबहादुर कार्की, शर्मिला कार्की, सुष्मा विक, पुष्पा कार्की, टेकबहादुर खत्री, धनमाया खत्री, शान्ति गौतम, हिरा खत्री, कृष्णा कार्की, भक्तबहादुर कार्की र विकास सुवेदी छन् ।
नेपाली काँग्रेस कास्कीकोट चालिसे डाडाँखेत बास्कोट टोल कार्यसमितिले बिहीबार आयोजना गरेको भेलामा उनीहरुले आफूहरुले कम्युनिष्ट बन्न कार्यक्रममा सहभागी नभएको स्पष्ट पारेको काँग्रेस जिल्ला सदस्य भरतबहादुर अधिकारीले जानकारी दिए ।
भेला टोल कार्यसमितिका सभापति भरतविक्रम शाहीको अध्यक्षतामा भएको थियो ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं