पोखरा, २४ माघ । इक्वालिटि फाउण्डेशनले पोखरा १३ स्थित भद्रकाली उच्च माविलाई कम्युटर कक्ष स्थापनाका लागि सहयोग गरेको छ ।
विद्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच फाउण्डेशनले २ लाख ३५ हजार रुपैया सहयोग प्रदान गरेको छ । सो रकम अमेरिकामा बसोबास गर्ने नेपालीहरुबाट चन्दा स्वरुप संकलन गरिएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा फाउण्डेशनकोतर्फबाट सदस्य प्रा.डा ताराकान्त सिग्देलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर कार्कीलाई सो रकम हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासमा फड्को मार्न विज्ञान र प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने बताए । उनले अध्ययन र अनुसन्धान बिना भौतिक पूर्वाधार निर्माण गर्न नहुने उल्लेख गरे ।
मुख्यमन्त्री गुरुङले शैक्षिक क्षेत्रमा हुने राजनीतिक भागवण्डा अन्त्य गर्न जरुरी रहेको औल्याए । शैक्षिक क्षेत्रमा ज्ञान र सीप भएको व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
फाउण्डेशनका सदस्य प्रा.डा ताराकान्त सिग्देलले विद्यार्थीका लागि कम्युटर सीप आवश्यक रहेकाले सहयोग गरिएको बताए ।
उनले विद्यार्थीलाई कम्युटर शिक्षा दिने कार्यक्रम पाइलट प्रोजेक्टका रुपमा अघि बढाउन गण्डकी प्रदेश सरकारलाई आग्रह गरे ।
‘अमेरिकाको बसाइँसँगै केही कुरा सिकेका छौं’, उनले भने, ‘सिकेका कुरा समाज र देशका लागि दिन चाहन्छौं।’ सदस्य सिग्देलले सहयोगीहरुप्रति आभार पनि व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक घनश्याम रिजालले व्यवहारिक र सीपमूलक शिक्षा अहिलेको आवश्यकता भएको बताए ।
कार्यक्रममा लुमा उपकरणको डेमोस्ट्रेशन गरिएको थियो । फाउण्डेशनका इन्जिनियर कविन्द्र मानन्धरले सो उपकरण बारे जानकारी दिएका थिए । १० वर्षसम्म अमेरिकामा गरिएको अध्ययन अनुसन्धानपछि सो उपकरणको विकास गरिएको हो । इन्टरनेट र कम्युटर बिनापनि विद्यार्थीको पठनपाठनमा सघाउने प्रविधि लुमा उपकरण हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रम सहायक प्रधानाध्यापक राजेन्द्र भण्डारीले सञ्चालन गरेका थिए ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं