पोखरा, २४ मंसिर । नेपाल प्रेस युनियन कास्कीले पोखराका पत्रकार राजेन्द्र अधिकारीलाई प्रहरी प्रशासनले आतंकित पार्ने काम गरेकोभन्दै त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
केही दिन यता पत्रकार अधिकारीलाई विभिन्न वहानामा आतंकित बताउँदा उनी पोखराबाट विस्थापित हुनुपरेको भन्दै तत्काल पोखरा फर्केर पत्रकारिता गर्ने वातावरण निर्माण गर्न माग गरेकोे छ ।
कुनै पनि वहानामा पत्रकारलाई प्रभावित पारिनु निन्दनीय छ विज्ञप्तिमा भनिएको छ –‘पत्रकारलाई आतंकित पार्न छोडेर सुरक्षाको प्रत्याभूति दिन माग गर्दछौं।’
युनियनका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकार अधिकारीलाई शारीरिक तथा मानसिक याताना दिने उद्देश्यले सादा पोशाकका प्रहरी खटाइ जिल्ला प्रहरी कार्यालय कास्कीले निगरानी गरेकोप्रति आपत्ति जनाइएको छ ।
विज्ञप्तिमा राजनैतिक आस्थाका आधारमा पटकपटक पत्रकारलाई पक्राउ गर्ने र यातना दिने क्रम नरोकिएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न माग गरिएको छ ।
संविधानमा पूर्ण प्रेस स्वतन्त्रता उल्लेख गरिएपनि समाचारको विषयलाई लिएर पत्रकारलाई आतंकित पारिनु निन्दनीयसँगै संविधान विपरीत रहेको हाम्रो ठहर छ ।
नेपाल प्रेस युनियन कास्की प्रहरीबाट हुने यस्ता कार्यको घोर भत्सर्ना गर्दै प्रेस स्वतन्त्रताको सम्मान गरी पत्रकारलाई स्वतन्त्र, निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावरण निर्माण गर्न जोडदार माग गर्दछ ।
अधिकारी नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष हुन् । हाल उनी न्यूज २४ टेलिभिजनमा आवद्व छन् ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं