प्रचण्डले खेमराजलाई बुढो भनेपछि नेता रिजालले भने, ‘८० वर्षको गिरिजाले संसदमा डो¥याएको नभुल्नु’

प्रचण्डले खेमराजलाई बुढो भनेपछि नेता रिजालले भने, ‘८० वर्षको गिरिजाले संसदमा डो¥याएको नभुल्नु’

IMG_20191127_172619

पोखरा, ११ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कास्की २ का काँग्रेसका चुनावी कमाण्डर डा.मिनेन्द्र रिजाले खेमराज पौडेललाई सांसद बनाएर संसदमा लिएर जाने उद्घोष गरेका छन् ।

नेपाल प्रेस युनियन कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रिजालले भ्रष्टाचार, बलत्कार र महंगी बिरुद्ध कास्कीका जनताले रुखमा मतदान गरि काँग्रेस उम्मेदवार खेमराज पौडेललाई जिताउने दावी गरे । यो पटक पक्कै जित्छौ उनले भने, ‘यसपटक संसद बनाएर नै लिएर जान्छु ।’

 नेकपाले आयोजना गरेको चुनावी सभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस उम्मेदवारको उमेरमाथिको टिप्पणीले काँग्रेसका उम्मेदवारको उचाई बढेको दावी गरे । उनले भने, ८० वर्षका स्व.गिरिजाप्रसाद कोइरालाले प्रचण्डलाई नै शान्ति प्रक्रियामा ल्याएर संसदमा डो¥याएकाले पनि पाको उमेरका पौडेलको आवश्यकता महसुस गरि घुमाउरो टिप्पणी गरेको बताए ।  प्रचण्डले स्व.गिरिजाको स्मरण गर्दै खेमराज पौडेलको आवश्यकता महसुस गरेको उनको भनाइ थियो ।

२ हप्तादेखि निर्वाचनको तयारीका लागि पोखरा रहेका नेता रिजालले खेमराज निष्ठाको सगरमाथा भएकाले सबैले रुचाएको उल्लेख गरे ।

कम्युनिष्ट सरकारले संवैधानिक परिषद्माथि हस्तक्षेप गरेर लोकतन्त्रलाई सिध्याउने खेलमा लागेको बताए । संविधान र लोकतन्त्रलाई  जोगाउनका लागि पनि उपनिर्वाचनमा काँग्रेसको जितेको सन्देश जान आवश्यक रहेको बताए ।
उनले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठने गरी कुनैपनि गतिविधि नगर्न निर्वाचन आयोग र सरकारलाई चेतावनी दिएका छन् ।

तिनै तहका निर्वाचन काँग्रेसको नेतृत्वमा सम्पन्न भयो, उनले भने, ‘तर कसैले औलो ठड्याउन सकेन, आफू हार्ने जान्दा जान्दै पनि काँग्रेसले निष्पक्ष निर्वाचन गरायो ।’

नेपाल प्रेस यूनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले स्वागत र सचिव प्रदिप पौडेलले संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
10 Dec · Rastra · USD/EUR
go here Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Ambien Online For Sale Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.81
Indian Rupee 
Indian Rupee
89.84
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.51
Japanese Yen 
Japanese Yen
156.15
US Dollar 
US Dollar
1
10 Dec · FX SourceRastra 
here Nepal Rastra bank
go site Check: 10 Dec 2025 00:45 UTC
https://meiermedicare.com/customer-service/ Latest change: 09 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀