काँग्रेस शिर्ष नेतृत्व पोखरामा

काँग्रेस शिर्ष नेतृत्व पोखरामा

deuwa

पोखरा, ६ मंसिर । कास्की क्षेत्र नं २ कास्कीमा हुन लागेको उपनिर्वाचनको प्रचारप्रसारका लागि काँग्रेस पार्टीको शिर्ष नेतृत्व पोखरा आएका छन् ।

पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शेखर कोइराला शुक्रबार पोखरा आएका हुन् ।

त्यस्तै, केन्द्रीय सदस्य शेखर कोइराला, रामशरण महत, गगनकुमार थापा लगायतका नेता पनि पोखरामा नै छन् । २ हप्ता अघिदेखि केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल पोखरामा नै रहेर निर्वाचनको कमाण्ड सम्हाल्दै आइरहेका छन् ।

केन्द्रीय सदस्य धनराज गुरुङ केही दिनदेखि उम्मेदवार खेमराज पौडेलसँगै घरदैलोमा सहभागी छन् ।

काँग्रेसको शिर्ष नेतृत्व शनिवार पोखरा १६ बाटुलेचौर खेल मैदानमा हुने चुनावीसभामा सहभागी भई सम्वोधन गर्ने कार्यक्रम छ ।

शुक्रवार साँझ शिर्ष नेतृत्व नै ¥यालीमा नै सहभागी भएर काँग्रेसको पक्षमा मत मागेका थिए । पोखराको चिप्लेढुङ्गाबाट शुरु भएको ¥याली न्यूरोड, सभागृहचोक हुदै

योद्धा खेमराज पौडेललाई चुनावमा सघाउन पाउनु शौभाग्य – खाँड
पोखरा, ६ मंसिर । नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले प्रजातान्त्रिक आन्दोलनका योद्धा खेमराज पौडेललाई चुनावमा सघाउन पाउनु शौभाग्यको कुरा भएको बताएका छन् ।

नेपाल तरुण दल कास्की–२ ले आयोजना गरेको चुनावीसभामा नेता खाणले नेपाली कांग्रेस कमजोर हुँदा सबै क्षेत्र कमजोर भएको टिप्पणी गरे । उनले यो चुनाव जितेर कांग्रेसले सन्देश दिन चाहेको बताए । कम्युनिष्ट सरकारले संविधान र कानुन मिचेको भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे ।

‘यो चुनावमा पनि सूर्यमा मतदान गर्नु भनेको सरकारले गरेका गलत कामलाई जनताद्वारा अनुमोदन गर्नु हो’, उनले भने, यो निर्वाचन सबै तवरबाट निष्पक्ष हुन पनि आवश्यक छ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कम्युनिष्ट सरकारका कारण संविधान, लोकतन्त्र र गणतन्त्र खतरामा परेको बताएका छन् । उनले केपी ओली सरकार संघीयता विरोध भएको आरोप लगाउँदै त्यसलाई ठीक ठाउँमा ल्याउन कांग्रेसले यो चुनाव जित्न आवश्यक रहेको बताए ।

शुक्रबार पोखरा–९ मा आयोजित चुनावी सभामा नेता कोइरालाले सरकारले चालेका सबै कदम अलोकतान्त्रिक भएको भन्दै सरकार संविधान, प्रेस स्वतन्त्रता, समावेशिता, गणतन्त्र, संघीयता मास्न उद्धत रहेको बताए । संसदमा रहेको मिडिया काउन्सिल विधेयक पास हुने क्रममा रहेकाले त्यो पास भएमा लोकतन्त्र भन्ने चिज नेपलाबाट हराउने बताए ।

विकास निर्माण बारे बोल्दै नेता कोइरालाले भने, ‘कास्की क्षेत्र नं. २ अन्तर्गत केही वडामा कांग्रेसका प्रतिनिधि छन्, प्रदेशमा पनि कांग्रेसकै प्रतिनिधि छन् । त्यसैले प्रतिनिधिसभामा पनि कांग्रेसकै नेता पुगे यस क्षेत्रको विकास कायापलट हुन्छ ।’
अर्का केन्द्रीय सदस्य गगन कुमार थापाले खेमराज पौडेललाई मत दिएर जिताउन आग्रह गरे ।

राजनीतिमा सज्जन, सदाचारी, इमान्दारी, आफू र परिवार भन्दा माथि उठ्ने, राजनीतिलाई पेशा नठान्ने मान्छे आवश्यक रहेको भन्दै उनले यी सबै चिज उम्मेदवार पौडेलमा पाउन सकिने बताए ।

‘गुरु सबैको प्रेरणाको स्रोत हुनुहुन्छ । सादगी नेता खेमराज पौडेललाई पुरस्कार स्वरुप जिताएर पठाउन आवश्यक छ’, उनले भने, ‘खेमराजको यसअघिका गतिविधिलाई बुझेर मत दिनुहोला ।’

यो निर्वाचन अंक गणितको हिसावले केही नहुने भन्दै नेता थापाले निर्वाचनले दिने सन्देश महत्वपूर्ण भएको बताए । यस्तो अनुकलु अवस्थामा पनि सरकारले सिन्को भाच्ने काम नगरेको भन्दै उनले भने, ‘सरकारका कारण संघीयता धरापमा प¥यो । संघियता केपी ओलीले खानुभयो, पंगु बनाउनु भयो । विरोध गर्नुपर्ने मुख्यमन्त्रीहरू हली बनेर बस्नुभयो ।’

पोखरा–९ की वडासभापति उमा ठकुरीको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस नेता शुक्रराज शर्मा, विन्दुकुमार थापा, विरेन्द्रनारायण विजुक्छे, रामराज लामिछाने, शिवराज बाँस्तोला लगायतले बोलेका थिए ।

तरुण दलको सभामा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, पूर्व सांसद रामहरि खतिवडा, तरुण दलका कोषाध्यक्ष द्विान गुरुङ, पूर्व अध्इक्ष उदय समशेर राणा, महिला नेतृ सीता गुरुङ, उम्मेदवार खेमराज पौडेल लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀