कांग्रेसले जित्नुको विकल्प छैन ः डा. रिजाल

कांग्रेसले जित्नुको विकल्प छैन ः डा. रिजाल

kaski congress

पोखरा, ४ मंसिर । नेपाली कांग्रेसका नेता एवं कास्की–२ का चुनावी कमाण्डर डा. मिनेन्द्र रिजालले यो चुनाव कांग्रेसले जित्नुको विकल्प नभएको बताएका छन् ।

नेता रिजालले मुलुक व्यथितितर्फै उन्मुख भइरहेको भन्दै सरकारलाई सबक कै लागि भए पनि चुनाव जितेर कास्कीबाट गतिलो सन्देश दिन आवश्यक रहेको बताए ।

एक कुराकानीमा नेता रिजालले भने, ‘भ्रष्टाचार व्याप्त भएको छ । सरकारका कुनै पनि काम आहा भन्न लायकका छैनन्, सरकारको अर्कमण्यतालाई हामीले हेरेर मात्रै बस्न पनि भएन । अब नागरिकले भ्रष्टाचार सहदैनन्, उनीहरूमा विश्वास गुमेको बेलामा उपनिर्वाचनलाई सदुपयोग गर्नुपर्छ ।’

‘जनताले विकास चाहियो, देश भ्रष्टाचारमूक्त हुनुपर्यो भनेका छन्, निर्मला हत्या काण्डको कार्बाही कहाँ पुग्यो ? भनेर प्रश्न गरेका छन्, चिकित्सा शास्त्रको अध्ययनमा भईरहेको विसंगतिलाई सरकारले रोक्न सकेको छैन’, नेता रिजालले भने, ‘हामीले सरकारको यस्तै गलत रबैयालाई चिर्दै, एकताको सन्देश प्रवाह गर्न चाहेका छौं ।’

सीमा अतिक्रमणको बारेमा सरकार समयमा प्रष्ट हुन नसकेको नेता रिजालले आरोप लगाए । आफ्नो भूमिको रक्षा गर्न सकेको छैन । खरो रुपमा राष्ट्रवादको नारा दिएको सरकार खोक्रो भएको छ’, उनले भने, ‘संवैधानिक अंगहरूमा राम्रा मान्छे पठाउनु पर्ने हो, त्यो पनि सबै पार्टीको सहमतिमा पठाउनु पर्ने हो । त्यसो नगरेकोले सरकारको चरित्र लोकतन्त्रवादी छैन । सरकारले संविधान मिचेर काम गरिरहेको छ ।’

 निरन्तर ६० वर्षको निस्कलंकित ईमान्दारीको राजनीति गरेका कांग्रेस उम्मेदवार खेमराज पौडेललाई कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनमा जिताउनुको विकल्प नभएको बताए । ‘अहिले मतदाता जवान पनि धेरै छन् । हामी ठाउँठाउँमा जाँदा त्यो जमातलाई पाका उम्मेदवार पौडेलको उम्मेदवारीले हौसला बढाएको छ’, उनले भने ।

‘कास्कीमा धेरै मानिससंग भेट गरें, सबैलाई करको चिन्ता छ, व्यवसाय फस्टाउन सकेको छैन भनिरहेका छन्, पर्यटन क्षेत्र खाली भएको व्यवसायीले गुनासो गरीरहेका छन्’, नेता रिजालले भने, ‘होटलहरू खाली भएका छन्, पर्यटनको नारा दिएको सरकारले पर्यटन क्षेत्र नै आक्रान्त बनिरहेका छ, उपभोगमा समस्या भएको छ, हरेक बस्तु आयात गर्नुपरेको छ, बिप्रेसन आउने क्षेत्रमा कसैलाई हौसला दिन सकिएको छैन र पर्यटक आउने बेलामा यो क्षेत्र मुर्झाएर बसेको छ, अब भन्नोस् सरकारले अरु के गर्छ ?’ उनले हरेक चुनाव पहिलो हुने भएकोले यो चुनाव पनि पहिलो हो, यो पहिलो उपनिर्वाचनमा जनताले कांग्रेस उम्मेदवार पौडेललाई जिताएर पहिलो नै हुने दावी गरे ।

खेमराजलाई जिताउने प्रतिवद्धता

स्याङ्जा घर भई हाल पोखराका विभिन्न स्थानमा वसोवास गर्दै आएका स्याङ्जालीहरूले यो पटक कांग्रेस उमेद्वार खेमराज पौडेललाई भारी मतले जिताउने बताएका छन् ।

नेपाली कांग्रेस, स्याङ्जा–पोखरा सम्पर्क समितिले बुधवार पोखरामा आयोजना गरेको चुनावी भेलामा यस्तो प्रतिवद्धजा जनाइएको हो ।

उनीहरूले नेपाली कांग्रेसले खेमराज पौडेल जत्तिको निष्ठावान राजनीतिकर्मीलाई उम्मेदवार बनाएकाले यो पटक सबै स्याङ्जालीहरूको भोट एकै ठाउँमा केन्द्रीत हुने बताए ।

सो अवसरमा उम्मेदवार खेमराज पौडेलले अहिलेको निर्वाचन हार्नु जित्नुसँग नभइ देशकै प्रतिष्ठा र इमान जमानसँग जोडिएको बताए । उनले यो निर्वाचनले देशमा मौलाएको वेथितिको अन्त्य गर्ने दावी गरे ।

‘म नजिकै कास्कीको पुम्दीको तपाइँहरू छिमेकी जिल्ला स्याङ्जावाट कास्कीको पोखरा आउनुभएको यो नै तपाइँ हाम्रो सम्वन्ध हो । मुलुकमा अधिनायकवादले प्रजातन्त्र मास्न खोजेको आभाष भैरहेको छ । तपाइँहरू सचेत हुनुहुन्छ यो नै मेरालागि र राष्टको लागि काफी छ म त केवल प्रतिनिधी पात्र मात्र हुँ,’ उम्मेदवार खेमराजले स्याङ्जालीलाई संवोधन गर्दै भने ।

उक्त अवसरमा कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले देशमा बढिरहेको अधिनायक चरित्रको अन्त्य गर्नुपर्ने बताए । उनले देशमा अहिले २ तिहाईको वलमा लुट्ने काम भएको वताउँदै कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा खेमराज पौडेललाई जिताउनु पर्ने बताए ।

कांग्रेस नेता धनराज गुरुङले संविधान र लोकतन्त्रको रक्षाका लागि भए पनि यो चुनाव कांग्रेसले जित्नुपर्नेमा जोड दिए । उनले कम्युनिष्ट सरकारले लोकतन्त्र मासेर अधिनायकवाद लाद्न खोजेको आरोप लगाए ।

नेपाली कांग्रेस, स्याङ्जा–पोखरा सम्पर्क समाजका संयोजक पवन नेपालको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति कुमार राना, पूर्व सांसद राजु थापा, नेतृ सरिता तिवारी, महासमिति सदस्य देवराज चालिसे, सचिव धु्रवबन्धु पोखरेल लगायतले वोलेका थिए ।

अधिनायकवादी शक्ति हावी हुँदा मुलुक र लोकतन्त्र खतरामा ः रानाभाट
नेपाली कांग्रेसका नेता नारानाथ रानाभाटले अधिनायकवादी शक्ति हावी हुँदा मुलुक र लोकतन्त्र खतरामा परेको बताएका छन् ।

उनले लोकतन्त्र र संविधानको संरक्षणका लागि भए पनि कांग्रेसले चुनाव जित्नुको विकल्प नभएको उनले स्पष्ट पारे ।

कास्की क्षेत्र नं. २ को पोखरा–८ को घरदैलोका क्रममा नेता रानाभाटले यो सरकार बनेपछि जनता त्रासमै बाँच्न बाध्य भएको भन्दै जनतामा शान्ति ल्याउन पनि यो उपनिर्वाचन कांग्रेसले जित्नै पर्ने तर्क गरे ।

‘यो सरकारको नीति र व्यवहारका कारण जनता निराश छन् । व्यापारी हतोत्साही भएका छन् । देशको अर्थतन्त्र चौपट भएको छ । यस्तो अवस्थामा देश कति दिन चल्न सक्छन् ?’ प्रश्न गर्ने उनले भने ।

पोखरा–८ का चुनावी कमाण्डर समेत रहेको नेता रानाभाटले नेपालको सीमा मिचिएर जनता सडकमा आउँदा समेत कानमा तेल हालेर बस्ने केपी ओलीलाई पदमा बस्ने नैतिक अधिकार नभएको बताए । उनले कांग्रेसको पक्षमा जनमत बढ्न सक्ने दावी पनि गरे ।

‘जनताको घर आँगनमा कांग्रेसीहरू आउदा जनताले राहत महसूस गरेका छन् । कांग्रेस पार्टीप्रति जनताको विश्वास पनि बढेको भन्दै नेता रानाभाटले विगतका कमिकमजोरी सच्याएर कांग्रेस अघि बढ्न तयार छ’, उनले भने । चुनावी कमाण्डर रानाभाटले पोखरा–८ मा घरदैलो अभियानमार्फत मतदाता भेटघाट कार्यक्रम सकिएको र अब चुनावीसभाको तयारीमा रहेको जानकारी दिए ।

वडा इकाइ सभापति सु्वास सिग्देलका अनुसार पार्टीका सबै संगठनलाई चुनावमा खटाइएको छ । नेविसंघ, महिला संघ, तरुण दल, जनजाति संघक लगायतका संगठनका नेता कार्यकर्ता चुनावमा खटिएको र सबै मतदातासंग भेटघाट गरिसकेको बताए ।

तानाशाही प्रवृत्तिको कम्युनिष्ट सरकारसंग मुकाविला गर्न कांग्रेस तयार ः शर्मा
यता, नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले तानाशाही प्रवृत्तिको कम्युनिष्ट सरकारसंग मुकाविला गर्न कांग्रेस तयार रहेको बताएका छन् ।

पोखरा–७ को घरदैलोका क्रममा नेता शर्माले मुलुकलाई भ्रष्टाचारका दलदलमा फँसाउने, जनतामा भ्रम सृजना मात्र गर्ने सरकारलाई जसरी भए पनि परास्त गर्नुपर्नेमा जोड दिए ।

‘यो सरकार सेतो हात्ती हो । देशको भार हो । घरघरमा ग्यास पाइप र रेलको सपना देखाएर जनतालाई दिग्भ्रमित बनाउने काम बाहेक केही गरेको छैन । अझ अलोकतान्त्रिक काम गर्नमै उद्धत छ’, उनले भने । झुटको खेती गर्ने कम्युनिष्टलाई जनताले राम्रोसंग बुझिसकेको भन्दै उनले लोकतन्त्र मास्न, संविधान सिध्याउन र संघीयता तुहाउन सरकार नै लागिपरेको आरोप समेत लगाए ।

वडा सभापति नवीन बरालका अनुसार मंगलबार मासबार क्षेत्रको घरदैलो गरेसंगै वडाका सबै मतदातासंग भेटघाट भैसकेको छ । सभापति बरालले अब चुनावी सभामार्फत पार्टीको धारणा र प्रतिवद्धता लिएर मतदातालाई बुझाउने काम हुने बताए ।

यसैबीच कास्की–२ का कांग्रेस उम्मेदवार खेमराज पौडेलसहितका नेताहरूले पोखरा–१६ मा घरदैलो र मतदाता भेटघाट गरेका छन् ।

बुधबार बिहान ७ बजे पोखराको केआइसिं पुलबाट शुरु भएको अभियान लामाचौर हुँदै बाटुलेचौर, जोगीमणि, अर्मला पुग्दैछ ।

उम्मेदवार पौडल आज  र भोलि बिहीबार यसै क्षेत्रमा केन्द्रित हुने कास्की कांग्रेसका क्षेत्रीय सभापति माधव बाँस्तोला मधुले जानकारी दिए ।

उनका अनुसार मंसिर ७ गते बिहान ८ बजेर पोखरा–१६ मैदानमा चुनावीसभा हुँदैछ । सभालाई पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरूले संवोधन गर्ने कार्यक्रम छ ।

घरदैलो अभियान जारी
कास्की कांग्रेसको घरदैलो अभियान जारी छ । उम्मेदवारसहितको घरदैलो अभियान पोखरा–१६ मा भइरहेको छ ।

सो वडाका चुनावी कमाण्डर कुमार खड्काको अगुवाईमा पूर्व सभामुख तारानाथ रानाभाटसहित घर दैलो कार्यक्रम गरिएको कास्की कांग्रेसले जनाएको छ ।

यस्तै पोखराका अन्य १० वटै वडामा घरदैलो र मतदाता भेटघाट अभियान जारी रहेको पार्टी सभापति कृष्ण केसीले जानकारी दिए । उनका अनुसार केही वडामा मतदाता भेटघाट कार्यक्रम सकिएको र चुनावीसभाको तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀