मतदाता प्रभावित गर्न कम्बल वितरण, आचारसंहिता उल्लघंन गरेको भन्दै काँग्रेसको उजुरी

मतदाता प्रभावित गर्न कम्बल वितरण, आचारसंहिता उल्लघंन गरेको भन्दै काँग्रेसको उजुरी

press begapti

पोखरा, ३ मंसिर , नेपाली कांग्रेस कास्कीले कास्की क्षेत्र नं. २ अन्तर्गत पोखरा–१५, पट्नेरी वस्तीका स्थानीयलाई कम्बल वितरण गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त वडाका वडाध्यक्ष प्रकाश पौडेलले पट्नेरीका १२ जनतालाई कम्बल वितरण गरेका थिए । वडाध्यक्ष पौडेलको यो कार्य निर्वाचन आचारसंहिता २०७२ को दफा ३ को उपदफा १ (ख) विरुद्ध हुने कास्की कांग्रेसले प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

पार्टी सभापति कृष्ण केसीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको मुखमा निर्वाचन क्षेत्रका मतदातालाई प्रलोभनमा पारी प्रभावित पार्ने मनसायले गरिएको यस प्रकारको कार्यको घोर निन्दा र भत्र्सना गर्दै यस्ता कार्य तत्काल बन्द गर्न सम्बन्धित निकायलाई सचेत गराउँदछौं ।’

‘हतास मनस्थितिबाट गरिएको यस प्रकारको निन्दनीय कार्यशैलीलाई निर्वाचन कार्यालयले अनुगमन गरी आचारसंहिता विपरीत कार्य गर्नेमाथि कार्वाही गर्न जोडदार माग गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ ।

यसैबीच निर्वाचन आचारसंहिता विपरीत वडा कार्यालयले कम्वल वितरण गरेको भन्दै कास्की कांग्रेसले निर्वाचन आयोगमा उजुरी दिएको छ ।

पार्टी सभापति कृष्ण केसीका अनुसार निर्वाचन क्षेत्र भित्र मतदातालाई प्रलोभनमा पार्ने काम वडा कार्यालयबाटै भएको भन्दै वडाध्यक्ष लगायत त्यस कार्यमा संलग्नलाई कार्वाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिइएको हो ।

पोखरा–१५ का वडाध्यक्ष प्रकाश पौडेल तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट निर्वाचित भएका थिए ।

कास्की कांग्रेसको तेस्रो चरणका कार्यक्रम सार्वजनिक
नेपाली कांग्रेस कास्कीले चुनाव प्रचार अभियान अन्तर्गत तेस्रो चरणका कार्यक्रमहरू सार्वजनिक गरेको छ ।

उम्मेदवारसहित हुने तेस्रो चरणका कार्यक्रम ५ दिनको हुने कांग्रेसले जनाएको छ । कार्यक्रम १२ गतेसम्म जारी रहने कास्की कांग्रेसले जनाएको छ ।

कार्यक्रम अन्तर्गत मंसिर ६ गते पोखरा–४ र ९ मा घरदैलो, ७ गते पोखरा–१६ मैदानमा चुनावीसभा, पोखरा–१५ मा घरदैलो, ९ गते पोखरा–११, १७ मा घरदैलो कार्यक्रम हुनेछ ।

यसैगरी मंसिर १० गते पोखरा–८ र पोखरा–२० मा घरदैलो, ११ गते पोखरा–२१ र ३३ मा घरदैलो कार्यक्रम हुने कास्की कांग्रेसले जनाएको छ ।

यसैगरी कांग्रेसको चुनावी सभाको कार्यतालिका समेत सार्वजनिक भएको छ । जस अनुसार मंसिर ६ गते पोखरा–९, बसपार्क, पोखरा–४ रामकृष्णटोल, मंसिर ७ गते पोखरा–१५ मा चुनावी सभा गर्ने कास्की कांग्रेसका सभापति एवं चुनाव प्रचार समितिका संयोजक कृष्ण केसीले जानकारी दिए ।

यस्तै मंसिर ७ गते बिहान ८ बजे पोखरा–१६ मैदानमा चुनावीसभा हुनेछ । उक्त सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला लगायतका नेताहरू सहभागी हुने कास्की कांग्रेसका सभापति केसीले जानकारी दिए ।

उनका अनुसार मंसिर ६ गते नै नेपाल तरुण दल कास्की क्षेत्र नं. २ ले मंसिर ६ गते चुनावीसभा आयोजना गरेको छ । पोखरा–७ स्थित राष्ट्रबैंकचोक रत्नचोकको बीचमा सडक डिभिजन कार्यालय अगाडि कार्यक्रम हुनेछ ।

सभालाई कांग्रेस नेताहरू गगन थापा, बालकृष्ण खाँड, डा. मिनेन्द्र रिजाल, तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत, उदय समशेर राणा, विद्वान गुरुङ लगायतले संवोधन गर्ने कार्यक्रम तय भएको छ ।

यसैगरी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा पनि पोखरा आउने कार्यक्रम छ । उनी मंसिर ९ गते पोखरा–११, रानीपौवा, पोखरा–१७ विरौटा, मंसिर १० गते पोखरा–८, पोखरा–२०, भलाम, पोखरा–२१ ीनर्मलपोखरीको चुनावीसभामा सहभागी हुने कार्यक्रम छ ।

यस्तै, नेता शर्मा मंसिर ११ गते पोखरा–२१ को कृस्ति र पोखरा–३३ को कालिकास्थानमा हुने चुनावीसभामा समेत सहभागी कास्की कांग्रेसले जनाएको छ ।

कांग्रेसका ३ ‘राज’ एकैठाउँमा भेट हुँदा
नेपाली कांग्रेसका नेताहरू धनराज गुरुङ र देवराज चालिसेको नाम यो उपनिर्वाचनमा सर्वाधिक चर्चामा रह्यो । गत जेठतिर धनराज गुरुङको नाम चर्चामा थियो । असोजतिर देवराज चालिसेको नाम अगाडि आयो र कात्तिक १८ गतेसम्म उनकै नाम चर्चामा रह्यो ।

जब पार्टीको केन्द्रीय तहमा उम्मेदवार छनोटमा सहमति जुट्न सकेको थिएन, त्यसबेला धनराजको नाम सर्वाधिक चर्चामा रह्यो कात्तिक २० गते दिउँसो २ बजेसम्म । सबै सञ्चारमाध्यम, सामाजिक सञ्जालले ‘धनराज कास्कीमा लड्ने’शीर्षकको समाचार प्रकाशित गरिरहेका थिए ।

सोही दिन २ बजे धनराज आफै पार्टीको बैठकमा पुगेर आफू कास्की नजाने जानकारी गराएपछि पार्टीका नेताहरू एकाएक खेमराजतर्फ मोडिए । त्यसपछि पार्टीका कोही पनि नेताहरू बोल्नै सकेनन् ।

उनीहरूले पार्टी सभापति शेरबहादुर देउवालाई सबै जिम्मा लगाउँदै बैठक छाडे । त्यसपछि सभापति देउवाले खेमराजलाई टिकट दिएर पठाए ।

संयोगवस सोमबार चुनावी प्रचारको क्रममा यी तिनै जना नेताको एकैठाउँमा भेट भयो । भेट साविक भरतपोखरीको जिव्रेढुंगामा भएको थियो । भेटपछि तिनै जना नेताले एकअर्कामा अंकमाल गरे ।

यो चुनावमा प्रमुख दावेदार रहेका धनराज, देवराज र टिकट पाएका खेमराजको भेट हुँदा अन्य नेता कार्यकर्तामा खुशीको सीमा नै रहेन । उम्मेदवारको मुहारमा पनि औधी खुशी देखिन्थ्यो । नेता कार्यकर्ताहरू पनि खुशीले उफ्रिंदै कांग्रेसको पक्षमा चर्का नारा घन्काए ।

कार्यकर्ताको माझमा ३ राज ‘पार्टीको थ्री स्टार अर्थात ३ नक्षत्र’ भन्ने चर्चा पनि भयो । कार्यकर्ताको उत्साह देखेर यी तीनै नेताले आआफ्नो हातमा हात मिलाउँदै ‘गुरु’ लाई जसरी जिताउँछौं भन्ने अठोट गरे ।

धेरैबेर यी तीनै नेता घरदैलोमा खटिए । कार्यकर्ता मात्र उत्साहित भएनन्, मतदाता पनि अभियानमा थपिए । विभिन्न स्थानमा आयोजित कोणसभामा पनि धनराज र देवराजले उम्मेदवार खेमराजको प्रशंसा नै प्रशंसा गरे । नेता देवराजले त शुरुदेखि निकै प्रशंसा गरेका थिए । उनी खेमराज संगसंगै खटिएका पनि छन् ।
कोणसभामा धनराज र देवराजले खेमराजलाई सादगी, निष्ठावान, त्यागी, सन्त, सबैले सम्मान गर्न लायक व्यक्तित्व जस्ता

शब्दले प्रशंसा गरेका थिए । नेता धनराजले यत्तिका महान व्यक्तित्वलाई यो पटक जिताउन नसके इतिहासले धिक्कार्ने बताएका थिए ।

स्वयंसेवक परिचालन समिति गठन
उपनिर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस कास्कीले स्वयंसेवक परिचालन समिति गठन गरेको छ । कांग्रेस नेता सिकन्दरकुमार गुरुङ ‘भोजे’को संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको उपसंयोजकमा प्रेमलाल पुन रहेका छन् । यसैगरी सदस्यमा प्रमोद कोइराला, ढकबहादुर थापा, लक्ष्मण थापा, मनबहादुर विक, शितल अधिकारी, अब्दुलमजिद मिया, मीनबहादुर गुरुङ, सनबहादुर गुरुङ, दयाराज भण्डारी, माधव आचार्य र मीलन गुरुङ एनसी छन् ।

यसैगरी समितिले ३ सय ४१ सदस्यीय स्वयंसेवक परिचालन उपसमिति समेत गठन गरेको छ । समितिले स्वयंसेवक परिचालन गरि कास्की २ को उपनिर्वाचनमा उम्मेदवार खेमराज पौडेललाई विजयी गराउने बताएको छ । सधैं नेपाली कांग्रेसको राजनीतिमा निष्ठावान नेता खेमराज पौडेललाई जिताउन स्वयंसेवक परिचालन समितिले उल्लेख्य भूमिका खेल्ने संयोजक सिकन्दरकुमार गुरुङ भोजेले बताए ।

चुनाव प्रचार अभियान जारी
कास्की कांग्रेसको चुनाव प्रचार अभियान ११ वटै वडामा जारी छ । सबै वडामा घरदैलो र मतदाता भेटघाट कार्यक्रम अन्तिम चरणमा पुगेको पार्टी सभापति कृष्ण केसीले जानकारी दिए ।

उनका अनुसार पोखरा–३३ मा घरदैलो सकेर उम्मेदवार पौडलसहितको टोली पोखरा फर्किएर पोखराका विभिन्न वडामा घरदैलो गरिरहेका छन् ।

चुनावका लागि विभिन्न रणनीति बनाउन चुनावी कमाण्डर डा. मिनेन्द्र रिजाल पार्टी कार्यालयमा व्यस्त छन् । उनले पार्टीका नेताहरू, विभिन्न संगठनका प्रमुखहरूसंग छलफल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
19 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2025 00:30 UTC
Latest change: 18 Sep 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
141.01
Indian Rupee 
Indian Rupee
88.09
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85
British Pound 
British Pound
0.73
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
147.35
US Dollar 
US Dollar
1
19 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2025 00:30 UTC
Latest change: 18 Sep 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀