मतदाताको आशा ‘खेमराज’, आचार्य भन्छिन्,‘नेता हुनु त खेमराज गुरु जस्तै हुनु’

मतदाताको आशा ‘खेमराज’, आचार्य भन्छिन्,‘नेता हुनु त खेमराज गुरु जस्तै हुनु’

mansir 2

पोखरा, २ मंसिर । कास्की क्षेत्र नं. २ का उम्मेदवार खेमराज पौडेल पोखरा–३३ मा घरदैलो सकेर पोखरा फर्किएका छन् ।

उनले आइतबार र सोमबार गरी २ दिन लगाएर त्यहाँका मतदातासँग भेटघाट र भलाकुसारी गरे । उम्मेद्वार पौडेल मंगलबार पोखरा–९ र १७ को कोणसभामा सहभागी हुँदैछन् ।

पौडेल उम्मेद्वार बनेर पोखरा–३३ पुग्दा त्यस स्थानका मतदाता निकै उत्साहित भए । पोखरा–३३ उनको छिमेकी वडा पनि भएकाले त्यहाँका जनताले पौडेलप्रति धेरै आशा गरेका छन् । पोखरा–३३ का चुनावी कमाण्डर एवं पार्टीका केन्द्रीय सदस्य जीवन परियारका अनुसार पौडेल निष्ठावान र इमान्दार नेता भएकाले पनि धेरैको आशाको केन्द्रमा रहे ।

घरदैलोका क्रममा जनताले पौडेलसमक्ष खानेपानी, विद्यालय भवन, सडक, पुल लगायतका समस्या प्रस्तुत गरे । जवाफमा उम्मेद्वार पौडेलले यी समस्या मेरा पनि भएकाले समस्या समाधानमा लाग्ने प्रतिवद्धता जनाए ।

यता, पोखरा–४ मा सोमबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कास्की–२ का चुनावी कमाण्डर डा. मिनेन्द्र रिजाल पनि सहभागी भए । डा. रिजालको उपस्थितिमा पोखरा–४ का विभिन्न स्थानमा घरदैलो र मतदाता भेटघाट कार्यक्रम भएको चुनाव प्रचार समितिका सहसंयोजक लक्ष्मी पाण्डेले जानकारी दिइन् ।

यसैगरी पोखरा–७ का विभिन्न स्थानमा पनि घरदैलो जारी छ । कास्की कांग्रेसका नेता एवं चुनाव कमाण्डर शुक्रराज शर्मा सहित घरदैलो अभियान भएको वडा इकाइ सभापति नवीन बरालले जानकारी दिए ।

यस्तै, पोखरा–८ मा पूर्व महामन्त्री तारानाथ रानाभाट, पोखरा–९ मा नेता विरेन्द्रनरायण विजुक्छे, पोखरा–१७ मा पार्टी सभापति कृष्ण केसी, १५ मा सांसद विन्दा राना लगायतको उपस्थितिमा घरदैलो अभियान जारी रहेको बताइन्छ ।

काँग्रेसले कास्की–२ भित्रका ११ वटै वडामा चुनावी कमाण्डर खटाएर अभियान शुरु गरेको हो । वडामा खटिएका कमाण्डरहरूले पार्टीका सबै भातृ तथा शुभेच्छुक संगठनलाई चुनावमा परिचालन गरेका छन् ।

जनताको आशा निराशामा परिणत ः गुरुङ

नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले कम्युनिष्ट पार्टीको दुई तिहाई बहुमतको सरकारप्रति आक्रोश ब्यक्त गरेका छन् । कास्की क्षेत्र नं. २ अन्तर्गत पोखरा–३३ मा आयोजित कोणसभामा उनले सरकारले जनताको आशालाई निराशामा परिणत गराएको आरोप लगाए ।

उनले कर बृद्धि, हत्या, बलात्कार जस्ता घटना दिनहुँ बढिरहँदा पनि सरकार चुप लागेर बसेको बताए । सरकारकै संरक्षणमा त्यस्ता गतिविधिहरु हुन सक्नेतर्फ उनले ध्यानाकर्षण गराए । ‘जनताले सुख पाउने आशा दुई तिहाईको सरकारले निराशामा परिणत गरिदिएको छ’ उनले भने ।

उनले नेपाली राजनीतिको निकै सम्मानित व्यक्तित्व खेमराज पौडेललाई मत दिन आग्रह गरे ।
पोखरा–३३ मै अन्य स्थानमा भएको कोणसभामा नेपाली काँग्रेसका नेता देवराज चालिसेले देश र जनताका लागि समर्पित मान्छे कहिल्यै बुढो नहुने बताएका छन् ।

उनले खेमराज पौडेल उमेरले मात्र बुढो भए पनि उहाँका विचार असाध्यै तन्नेरी भएको बताए । ‘नेपाली काँग्रेसले ६० वर्षदेखि निरन्तर नेपाली जनताको सेवामा समर्पित मान्छेलाई उम्मेद्वारको रुपमा पठाएको छ उनले भने, ‘उहाँलाई जिताउने जिम्मा तपाईहरुको हो, देश र जनताका लागि निरन्तर निष्ठाको राजनीति गर्ने व्यक्तिको आदर्श कहिल्यै बुढो हुँदैन ।’

पञ्चायत र सशस्त्र युद्धकाक्रममा महत्वपूर्ण भूमिका खेलेका खेमराज गुरुलाई उम्मेद्वारको रुपमा पाउनु पोखरेली जनताका लागि गौरवको कुरा भएको नेता चालिसेको भनाइ छ । पौडेलको उम्मेद्वारीमा प्रश्न गर्ने ठाउँ नरहेकोले अब सबै एकजुट भएर चुनाव जिताउनुपर्नेमा नेता चालिसेले जोड दिए ।

उक्त अवसरमा उम्मेद्वार पौडेलले सरकार लोकतन्त्र मास्न, देशको ढिकुटी रित्याउनमा उद्धत रहेकाले त्यसको खबरदारी गर्न आफू चुनावमा होमिएको बताए । उनले देश र लोकतन्त्रको रक्षाका लागि भए पनि नेपाली काँग्रेसलाई मत दिन आग्रह गरे ।

पोखरा–३३ का चुनावी कमाण्डर एवं पार्टीका केन्द्रीय सदस्य जीवन परियारले पोखरा–३३ मा काँग्रेसको माहोल निकै राम्रो रहेको भन्दै यस पटक ७० प्रतिशत मत काँग्रेसको पक्षमा आउने दावी गरे ।

उम्मेद्वार खेमराजलाई आचार्यको आशिर्वाद
नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेलले सोमबार पनि घरदैलो अभियानमार्फत मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

उनले कास्की क्षेत्र नं. २ अन्तर्गत पोखरा–३३ का मतदाता भेटघाट कार्यक्रम आइतबारदेखि नै शुरु भएको हो । आइतबार पुँडीटार क्षेत्रमा घरदैलो र कोणसभा गरेका उम्मेदवार खेमराजले सोमबार बिहानै महाकालीचोकबाट अभियान प्रारम्भ गरेका हुन् ।

स्थानीय ९८ वर्षीया त्रिलोचना आचार्यबाट टीका र आशिर्वाद लिएर उम्मेदवार पौडेलले अभियान शुरु गरेका हुन् । उक्त अवसरमा वृद्धा आचार्यले चुनावमा विजयीको शुभकामना दिइन् । आचार्यले ‘चुनाव जित्नू, जनताको सेवा गर्नु, कसैको मन नदुखाउनू’ भन्दै उम्मेदवार पौडेललाई आशिर्वाद दिएकी थिइन् ।
वृद्धा आचार्यले ‘नेता हुनु त खेमराज गुरु जस्तै हुनु’ भनेर अरुलाई प्रेरणा दिइन् । उक्त अवसरमा काँग्रेसका केन्द्रीय सदस्य

जीवन परियार लगायत कास्की कांग्रेसका नेताहरू सहभागी थिए । वृद्धा आचार्यले खेमराजले अहिलेसम्म कसैको आश नगरेको, लामो समय राजनीति गरेर जनताको सेवा गरेको भन्दै यो चुनाव उनैले जित्नुपर्ने बताइन् ।

उक्त अवसरमा पार्टीका केन्द्रीय सदस्य जीवन परियारले त्यागी र निष्ठावान नेतालाई उम्मेदवारको रुपमा पाउँदा पार्टी पंक्तिमात्र होइन सबै खुशी भएको बताए । ‘म १५ दिनदेखि यतै खटिरहेको छु । यहाँ खेमराज गुरुको बाहेक अरुको नाम लिइएको छैन’ पोखरा–३३ का चुनावी कमाण्डरसमेत रहेका नेता परियारले भने ।

सरकार अलोकतान्त्रिक गतिविधि गर्न मात्र उद्धत रहेकाले जनता निकै निराश भएको उनले बताए । नेता परियारले काँग्रेसले यो चुनाव जितेर यो सरकारको पक्षमा जनता छैनन् भन्ने पुष्टि गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀