सरकारप्रति मतदाता निकै रुष्ट

सरकारप्रति मतदाता निकै रुष्ट

congress (1)

पोखरा, २९ कात्तिक । नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले पोखरा–२०, भलामतर्फको घरदैलो अभियान सकेर फर्किएका छन् ।

उनले २ दिन लगाएर यस क्षेत्रमा घरदैलो गरेका थिए । बिहीबार साविक भलाम–१ बाट अभियान शुरु गरेका पौडेललेडाँडाखोरसम्म घरदैलो गरेका थिए ।

शुक्रबार बिहान मौजा आँटीघर लगायतका क्षेत्रमा घरदैलो गरेका हुन् । उनले चुनाव प्रचारमा घर–घरमा पुग्दा मतदाता सरकारप्रति निकै रुष्ट भएको जानकारी दिए । भलाम क्षेत्रका मतदाता यो सरकारप्रति निकै रुष्ट बनेका रहेछन्
। मेरो उपस्थितिले उनीहरू केही शान्त भएका छन्’, उम्मेदवार खेमराजले भलामको घरदैलो सकेर पोखरा फर्किएपछि भने, ‘म सधैं तपाइँहरूकै साथमा र सुख दुःखमा रहनेछु भनेर प्रतिवद्धता जनाएको छु।’

घरदैलो अभियान समापन कार्यक्रममा संयोजक विन्दुकुमार थापाले कम्युनिष्ट सरकारको रवैयाले जनता वाक्क दिक्क भएको बताए । उनले जनताको आशा र भरोषाको पार्टी कांग्रेस नै भएको मतदाताले अभिव्यक्त गरेको बताए ।

सांसद विन्दादेवी रानाले जनताको पहरेदार पार्टी कांग्रेसमात्र भएको भन्दै सरकारलाई ठीक ठाउँमा ल्याउन पनि कांग्रेसले जित्नै पर्ने बताइन् । उनले राज्यको चौथो अंगलाई त जेल हाल्न सक्ने सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै यो सरकार संविधानको मर्म र भावना अनुसार चल्न नसकेको स्पष्ट पारिन् ।

वडासभापति चीनबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा नेताहरू दीपक गुरुङ, इन्द्र सापकोटा, काशीराम गुरुङ, महिला नेतृ शकुन्तला गुरुङले पनि कार्यक्रममा बोलेका थिए ।

शनिबार पोखरा–११ मा घरदैलो

उम्मेदवार खेमराजले शनिबार बिहानदेखि पोखरा–११ वडामा घरदैलो गर्ने कार्यक्रम छ । पोखरा–११ मा घरदैलो सकेर आइतबार उनी पोखरा–३३ पुग्नेछन् ।
पोखरा–३३ मा उनले २ दिन बिताउनेछन् । त्यहाँका मतदाता भेट्नेछन् । पोखरा–३३ पौडेलको पकड क्षेत्र मानिन्छ ।
पोखरा–३३ मा करिब ८ हजार मतदाता छन् । त्यसमध्येमा करिब ४ हजार मत कांग्रेसको पक्षमा आउने चुनाव प्रचार समितिका संयोजक एवं कांग्रेका केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए ।

करिब १५ दिनदेखि पोखरा–३३ मै रहेका नेता परियारले टोलिफोन संवाद गर्दै भने, ‘यस क्षेत्रमा कांग्रेसको माहोल निकै राम्रो छ । मतदाता पनि उत्साहित छन् । पार्टीको सबै संयन्त्र प्रयोग गरेर चुनाव प्रचार गरेका छौं।’
उम्मेदवार खेमराज पौडेलको व्यक्तिगत छविका कारणले पनि पोखरा–३३ का मतदाता उत्साहित भएको नेता परियारले बताए । उनले भने, ‘कास्की कांग्रेसले उम्मेदवारसहितको घरदैलो २ दिनमात्र छुट्याएको छ । यति समय यो क्षेत्रका
लागि निकै थोरै हो । तर भएको समयलाई सही सदुपयोग गर्दै सबै मतदातालाई उम्मेदवारसंग भेट गराउने हाम्रो योजना छ।’

यता, पोखरा ११ मा पनि एक चरणको मतदाता भेटघाट कार्यक्रम सकिएको छ । शनिबार उम्मेदवारसहितको घरदैलो कार्यक्रम हुने चुनाव प्रचार समितिका सहसंयोजक एवं पार्टी सचिव सुदिप मोहन भट्टराईले जानकारी दिए । उनका
अनुसार चुनाव प्रचारका लागि नेपाल तरुण दल, महिला संघ, नेविसंघका नेता कार्यकर्ता परिचालन गरिएको छ । ‘पोखरा११ मा करिब ६ हजार मतदाता छन् तीसबैलाई एक पटक भेट्ने योजना बनाएका छौं,’ उनले भने । पोखरा–११ कांग्रेसकै बलियो क्षेत्र भएको भन्दै उनले यस पटक विगतको भन्दा १ हजार बढी मत कांग्रेसको पक्षमा आउने दावी गरे ।

यस्तै, पोखरा–२१ मा पनि कांग्रेसले घरदैलो अभियानमार्फत मतदाता भेटघाट कार्यक्रमलाई तीव्र बनाएको छ । चुनाव प्रचार समितिका संयोजक गुरु बरालका अनुसार पार्टीका सबै संयन्त्रको भेला गरि विभिन्न समिति गठन गरि तिनै समिति
चुनावमा परिचालित गरिएको छ ।
वडाभित्र विभिन्न कलष्टर छुट्याएर मसिनो गरि चुनाप प्रचार र मतदाता भेटघाट गरेका छौं’, संयोजक बरालले भने ।

उम्मेदवार पौडेललाई आइतीश्रीको आशिर्वाद
कांग्रेस उम्मेदवार खेमराज पौडेललाई वृद्धवृद्धाको आशिर्वादको ओइरो लागेको छ ।  शुक्रबार बिहान ७ बजे नै पोखरा–२० को मौजा आँटीघर पुगेका उम्मेदवार पौडेललाई १०६ वर्षीय आईतश्री दमिनीले चुनावमा विजयको
आशिर्वाद दिएका छन् । उनले भनिन्, ‘तिम्रो मुहार उज्यालो पाएँ । शिर उँचो पाएँ । तिमीले चालेका सबै पाइला सबै पाइला सफल होउन्, आशिर्वाद छ ।’
त्यस बेला उम्मेदवार पौडेलले आइतीश्रीको पाउ छोएका थिए । पौडेलले पनि आइतीश्रीको सुस्वाथ्य र दीर्घायूको कामना गरेका थिए । धेरै वर्ष अघि चिनेकी
खेमराजलाई आफ्नै घरमा पाउँदा आईतश्री निकै खुशी भईन् । उनले भनिन्, ‘चुनावजितेपछि हामीलाई नभल्नु है बाबु ।’ जवाफमा खेमराजले चुनाव पछि अवश्य भेट्न आउने बाचा गरे ।
उनले अहिलेसम्म ११ पटक मतदान गरिसकेकी छन् । उनीसंग मत माग्न आउने उम्मेदवार जितेर गए पछि कोही पनि आएका छैनन् । उनले भनिन्, ‘मेरो पाउ छोएर भोट धेरैले मागे । मैले भोट पनि दिएँ तर जितेपछि अहिलेसम्म कोही
पनि फर्किएर मलाई भेट्न आएका छैनन् । उम्मेदवार पौडेलले संस्कृत विद्या पढेका छन् । उनले झुटो बोल्न हुँदैन । त्यसैले उनी आउँछन् भन्ने विश्वास छ’ उनले भनिन् ।

अव्यवस्थित पार्किङ र बसपार्क निर्माणमा ध्यान दिन्छु ः पौडेल

नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले पोखराको अव्यवस्थित पार्किङ र बसपार्कको समस्या समाधानका लागि पहल थाल्ने प्रतिवद्धता जनाएका छन् ।

उनले कास्की–२ को अधिकांश क्षेत्र बजारमा पर्ने भएकाले व्यवस्थित पार्किङ र उच्च स्तरको बसपार्क निर्माणमा सबैको ध्यान जानुपर्नेमा जोड समेत दिए ।

‘बसपार्कका विषयमा ठूला ठूला गफ र भाषण भएका थिए । ती भाषणमै सीमित भए । समस्या समाधानमा कसैले ध्यान दिएन’, उनले भने, ‘पोखरा जस्तो पर्यटकीय नगरिमा अहिलेसम्म एउटा बसपार्क बन्न नसक्नु विडम्वना हो ।’

नेपाल यातायात मजदूर संघ जिल्ला कार्यसमिति कास्कीले शुक्रबार उम्मेदवार खेमराजलाई अव्यवस्थित पार्किङ र बसपार्कको समस्याबारे ध्यानाकर्षण गराएको थियो । त्यसअवसरमा उम्मेदवार पौडेलले आफ्नो क्षेत्रमा परेको समस्या समाधानमा अहोरात्र खटिने प्रतिवद्धता जनाए ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले डाडूपन्यू हातमा लिनेले यो समस्या समाधानमा ध्यान नदिएको आरोप लगाए । उनले डाडुपन्यू समातेर बस्ने तर काम नगर्ने बद्मासका कारण एउटा बसपार्क पनि बन्न नसकेको स्पष्ट पारे ।

कास्की कांग्रेसद्वारा गठित चुनाव प्रचार समिति अन्तर्गत यातायात व्यवस्थापन समितिका संयोजक जीतबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारी, कारखाना मजदूर संघका केन्द्रीय उपमहासचिव केशव भट्टराई, यातायात मजदूर संघ गण्डकी प्रदेश अध्यक्ष किरणबाबु पन्त, यातायात मजदूर संघ कास्कीका अध्यक्ष दामोदर पण्डित लगायतले बोलेका थिए ।

चुनावमा महिलाको भूमिका महत्वपूर्ण ः डा. रिजाल
नेपाल महिला संघ कास्कीको भेला शुक्रबार पोखरामा सम्पन्न भयो । भेला आशन्न उपनिर्वाचन केन्द्रीत थियो ।

महिला संघले यसअघि चुनावका लागि विभिन्न समिति गठित घरदैलोमा खटाएको थियो । तिनै समितिका संयोजकहरूले शुक्रबारको भेलामा प्रगति विवरण पेश गर्दै छलफल गरेका थिए ।

भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले चुनाव जित्नका लागि महिलाको भूमिका महत्वपूर्ण हुने बताए । कास्की–२ का चुनावी कमाण्डर समेत रहेका उनले विद्या भट्टराईको मत पनि खेमराज पौडेलमा ल्याउन महिलाकै भूमिका धेरै हुने हुँदा सोही बमोजिमको रणनीति बनाएर चुनावमा खटिन निर्देशन दिए । ‘यो चुनाव कांग्रेसले जसरी पनि जित्नुपर्छ । त्यसैले तपाइँ महिलाहरु घरमा मात्र सीमित नहुनुस्’ उनले भने ।

कास्की कांग्रेसका सभापति कृष्ण केसीले पार्टीको रणनीति अनुसार चुनावमा ध्यान केन्द्रित गर्न निर्देशन दिए । ‘यो चुनावमा कांग्रेसलाई जसरी पनि जिताउनुपर्छ । तपाइँहरू मतदातालाई भेट्न सक्रिय हुनुस्’, उनले निर्देशन दिए ।

महिला संघकी जिल्ला सभापति एवं चुनाव प्रचार समितिका संयोजक कोपिला रानाभाटले पहिलो चरणको अभियान निकै सकारात्मक रहेको भन्दै अब दोस्रो चरणमा नयाँ रणनीतिका साथ मतदाता भेटघाट गर्ने बताइन् ।

संघकी सचिव सीता गुरुङले कांग्रेस उम्मेदवार खेमराज पौडेललाई जिताउन कुनै पनि कशुर बाँकी नराख्ने स्पष्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀