पोखरा, २९ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कास्की क्षेत्र नं. २ का चुनावी कमाण्डर डा. मिनेन्द्र रिजालले देशको इज्जतका लागि पनि यो चुनाव कांग्रेसले जित्नुपर्नेमा जोड दिएका छन् ।
उनले यो चुनाव जितेर कम्युनिष्ट सरकारलाई पाठ सिकाउन आवश्यक रहेको बताए ।
‘यो चुनाव जितेर सरकार परिवर्तन हुँदैन, कांग्रेस सत्तामा पनि पुग्दैन । कांग्रेसप्रति जनताको विश्वास कायमै छ भन्ने सन्देश दिन पनि यो चुनाव जित्नु अपरिहार्य छ’, नेता रिजालले भने ।
‘मुलुकमा लोकतान्त्रिक संविधान बनेको छ । सरकार त्यही संविधानमा टेकेर बनेको छ । तर सरकार अलोकतान्त्रिक काम गर्न उद्धत छ’, उनले भने, ‘संविधानको रक्षा गर्दै सरकारका अलोकतान्त्रिक गतिविधि रोक्न पनि यो चुनाव कांग्रेसले जित्न आवश्यक छ ।’
चुनावी अभियानका लागि कास्कीमा १ सातादेखि खटिएका नेता रिजाल पहिलो चरणको घरदैलो अभियान पश्चात् पार्टीका नेता कार्यकर्ता भेटघाटमा सक्रिय छन् । उनले पार्टीका सबै भातृ तथा शुभेच्छुक संस्थाका नेता कार्यकर्तासंग भेटेर चुनावी रणनीतिबारे जानकारी लिएका छन् ।
उनले पार्टीको भातृ तथा शुभेच्छक संघसंस्थाहरू नेपाल महिला संघ, नेपाल तरुण दल, नेविसंघ, शिक्षक संघ, जनजाति संघ, किसान संघ, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल प्रेस युनियन, मुस्लिम संघका नेता कार्यकर्तासंग भेटघाट गरेका छन् ।
भेटघाटमा उनले भनेका छन्, ‘यो समय घरमा बसेर चिया गफ बेला होइन, मतदाता भेट्ने समय हो, त्यसैले अबको १० दिन कोही कसैले अन्यत्र समय खर्च नगर्नुस् । चुनाव पछि तपाइँहरू आआफ्नै काममा फर्किनुस् तर यो १० दिन पार्टीका लागि समय छुट्याउनुस् ।’
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं