काँग्रेसको घरदैलो तालिका सार्वजनीक

काँग्रेसको घरदैलो तालिका सार्वजनीक

guru

पोखरा, २३ कात्तिक । नेपाली काँग्रेस कास्कीले चुनाव प्रचारप्रसार अन्तर्गत पहिलो चरणको कार्यतालिका सार्वजनीक गरेको छ ।

शुक्रवार क्षेत्रीय भेलामार्फत् ३ हजार ५ सय ५१ सदस्यीय प्रचार समिति गठन गरेको काँग्रेसले शनिवार पहिलो चरणको कार्यतालिका सार्वजनीक गरेको हो ।

जस अन्तर्गत कात्तिक २४ गते आइतवार निर्वाचन प्रचार समितिको कार्यालय उद्घाटन गर्ने कार्यक्रम छ । यो कार्यक्रम कास्की–२ भित्रका ११ वटै वटामा बिहान ८ बजे हुने निर्वाचन मूल प्रचार समितिका सभापति कृष्ण केसीले जानकारी दिए ।
सभापति केसीका अनुसार २४ गते आइतवार नै पोखरा–४ सिद्धार्थचोकबाट घरदैलो अभियान शुरु गर्ने कार्यक्रम छ ।

घरदैलो अभियान यसैदिन पोखरा ८ र ९ मा समेत सञ्चालन हुनेछ । घरदैलो अभियानका लागि बिहान १०ः३० बजे पोखराको सिद्धार्थचोकमा सहभागी हुन कास्की काँग्रेसले आह्वान गरेको छ । काँग्रेसले पोखरा ४ मा पूर्व सभापति एवं पूर्व मन्त्री यज्ञबहादुर थापा, पोखरा ८ मा पूर्व महामन्त्री एवं पूर्वसभामुख तारानाथ रानाभाट र पोखरा ९ मा नेता वीरेन्द्रनारायण विजुक्छेलाई संयोजक बनाएर खटाएको छ ।

यसैगरी कात्तिक २५ गते सोमबार पोखरा–७ स्थित पुष्पलाल पार्कमा भेला भई घरदैलो अभियानमा सहभागी हुने कार्यक्रम तय भएको सभापति केसीले बताए । उनले सोमवार बिहान ७ बजे सहभागी हुन आह्वान गरेका छन् । यस दिन दिनभर घरदैलो कार्यक्रम हुनेछ । कास्की काँग्रेसले पोखरा ७ मा पूर्वसभापति शुक्रराज शर्मालाई संयोजक बनाएर पठाएको छ ।

कात्तिक २६ र २७ गते अर्थात मंगलबार र बुधवार पनि घरदैलो कार्यक्रम नै हुने कास्की काँग्रेसले जनाएको छ । यी २ दिन पोखरा वडा नं. १७ मा घरदैलो अभियान सञ्चालन हुनेछ । पोखरा–१७ महानगरको सबैभन्दा ठूलो वडा हो । यस वडामा पार्टीको क्षेत्रीय भेलाले मूल संयोजक एवं पार्टी सभापति कृष्ण केसीलाई नै खटाएको छ ।

नेपाली काँग्रेसले कास्की क्षेत्र नंं. २ का नेता खेमराज पौडेललाई उम्मेद्वार बनाएको छ । बिहीवार पौडेलले उम्मेद्वारी मनोनयन गरेसँगै चुनावी प्रचार अभियान तीव्र बनाइएको छ । उम्मेदवार पौडेलले ‘कम्युनिष्टलाई हेर्यौ पटकपटक, काँग्रेसलाई हेर यसपटक’ भनेर अघि बढेका छन् । उम्मेदवार पौडेलले पटक पटक कम्युनिष्टलाई भोट दिएर के पायौं भनेर आफैले आफैलाई प्रश्न गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
02 Jun · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 02 Jun 2025 00:20 UTC
Latest change: 01 Jun 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.93
Indian Rupee 
Indian Rupee
85.54
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.55
Japanese Yen 
Japanese Yen
144.06
US Dollar 
US Dollar
1
02 Jun · FX SourceRastra 
Nepal Rastra bank
Check: 02 Jun 2025 00:20 UTC
Latest change: 01 Jun 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀