कास्की काँग्रेसको निर्वाचन प्रचार समिति, संयोजकमा केसी

कास्की काँग्रेसको निर्वाचन प्रचार समिति, संयोजकमा केसी

congress

पोखरा, २३ कात्तिक ।नेपाली कांग्रेस कास्कीले आशन्न उपनिर्वचनका लागि ३ हजार ५५१ सदस्यीय चुनाव प्रचार समिति गठन गरेको छ ।

मूल समितिमा जिल्ला सभापति कृष्ण केसी संयोजक, क्षेत्र नं. २ का क्षेत्रीय सभापति माधव प्रसाद बाँस्तोला मधु सहसंयोजक र पोखरा महानगर सभापति वजीरमान श्रेष्ठ उपसंयोजक रहेका छन् ।

कास्की क्षेत्र नं. २ द्वारा शुक्रबार आयोजित नेता, कार्यकर्ता भेलाले पोखरा वडा नं. ४ मा नेता यज्ञबहादुर थापालाई संयोजक तोकेको छ । यस्तै वडा नं. ७ म शुक्रराज शर्मा, वडा नं. ८ मा तारानाथ रानाभाट, ९ मा वीरेन्द्रनारायण विजुक्छे, ११ मा शारदा पौडेल, १५ मा विन्दादेवी राना, १६ मा कुमार खड्कालाई संयोजक बनाएको छ ।

यसैगरी पोखरा–१७ मा कृष्णबहादुर केसी, २० मा विन्दुकुमार थापा, २१ मा गुरु बराल र ३३ मा जीवन परियारलाई संयोजक तोकेको छ ।

भेलाले २६ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा तारानाथ रानाभाट, शुक्रराज शर्मा, जीवन परियार, यज्ञबहादुर थापा, सूर्यबहादुर केसी, कुमार खड्का, महादेव गुरुङ, शारदा पौडेल, विन्दादेवी राना, रामजी कुँवर, रामचन्द्र त्रिपाठी, बाबुराम आचार्य र सुरेन्द्रबहादुर भारीजू रहेका छन् ।

यसैगरी युवराज श्रेष्ठ, रामकृष्ण पराजुली, राजेन्द्रनीधि कोइराला, देवराज चालिसे, डा. रामचन्द्र शर्मा, शोभियतबहादुर अधिकारी, आनन्दराज मुल्मी, कृष्णकुमारी परियार, भोला थापा, नीलकण्ठ शर्मा, अशोक पालिखे, तीर्थ श्रेष्ठ, शंकर देवकोटा, वीरेन्द्रनारायण विजुक्छे, राधाकृष्ण गुरुङ, खेमकुमारी बराल, पुलेन्द्रमान श्रेष्ठ, निर्मल कर्माचार्य, केशर प्रसाद निर्दोषी र शकुन्तला कोइरालालाई पनि सल्लाहकारमा चयन गरिएको छ ।

भेलाले अर्थ संकलन समितिमा ऋषि सापकोटालाई संयोजक तोकेको छ । यस्तै अनुगमनमा राजेन्द्रनीधि कोइराला, सचिवालय व्यवस्थापनमा देवेन्द्र रानाभाट, बुद्धिजीवि परिचालनमा आनन्दराज मुल्मी, प्राध्यापक परिचालनमा दीपेन्द्र पराजुली, अन्तरक्षेत्रीय समन्वय समितिमा पोषनाथ शर्मा संयोजक रहेका छन् ।

यसैगरी उद्योग व्यवसाय, पर्यटन परिचालनमा विन्दुकुमार थापा, सञ्चारमा नवीन सिग्देल, स्वयंसेवक परिचालनमा भोजबहादुर गुरुङ सिकन्दर, भातृ तथा शुभेच्छुक संस्था परिचालनमा गुरु बराल, स्थानीय तह परिचालनमा रामजी कुँवर र युवराज कुँवर, निर्वाचन समन्वयमा कृष्ण तिमिल्सिना, वुथ परिचालनमा विजयराज आचार्य संयोजक छन् ।

भेलाले प्रचार प्रसार सामग्री व्यवस्थापनमा दीपेन्द्र मर्सानी, युवा–तरुण परिचालनमा मनोज गुरुङ, सम्पर्क समाज परिचालनमा ऋषि काफ्ले, महिला तथा आमा समूह परिचालनमा कोपीला रानाभाट, ट्रेड युनियन परिचालनमा मुरारी शर्मा, यातायात व्यवस्थापनमा जीतबहादुर गुरुङलाई संयोजक तोकेको छ ।

यस्तै, प्रजातन्त्र सेनानी र ज्येष्ठ नागरिक परिचालन समितिमा तारा पाखे, संघसंस्था परिचालनमा सरोजनारायण बराल, विद्यार्थी परिचालनमा देवकृष्ण पराजुली, किसान परिचालनमा भेषराज पराजुली, दलित समुदाय परिचालनमा दुर्गाबहादुर सुनार, भूपू सैनिक परिचालनमा खम्वसिं गुरुङ, सांस्कृतिक परिचालनमा चोलेन्द्र पौडेल, सुकुम्वासी, भूमि तथा अव्यवस्थित बसोबास परिचालनमा आशबहादुर गुरुङ, पूर्व राष्ट्रसेवक परिचालनमा ठाकुर बराल, टोल विकास संस्था समन्वयमा उत्तम जोशी र मुस्लिम समुदाय परिचालनमा हारुन खान पैठानलाई संयोजक चयन गरिएको छ ।

भेलामा बोल्दै कास्की कांग्रेसका सभापति कृष्ण केसीले जिम्मेवारी पाएका संयोजकहरूले आआफ्नो क्षेत्रमा पुगेर यथाशक्य काम थाल्न निर्देशन दिए । उनले चुनाव तयारी तीव्र र चुस्त बनाउँदै कांग्रेसले जित्ने वातावरण तयार हुनुपर्नेमा जोड दिए ।
कास्की क्षेत्र नं. २ मा नेपाली कांग्रेसकोतर्फबाट खेमराज पौडेल उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
11 Oct · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Oct 2025 00:20 UTC
Latest change: 10 Oct 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
141.9
Indian Rupee 
Indian Rupee
88.64
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
152.74
US Dollar 
US Dollar
1
11 Oct · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Oct 2025 00:20 UTC
Latest change: 10 Oct 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀