पोखरा, २९ असोज । नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्ने पूर्णप्रसाद, स्वर्गीय मायादेवी शान्ति पत्रकारिता पुरस्कारको अक्षयकोष रकम मङ्गलबार हस्तान्तरण गरिएको छ ।
पूर्णप्रसाद बराल, स्वर्गीय मायादेवी बराल प्रतिष्ठानका अध्यक्ष तथा बराल दम्पत्तीका छोरा समाजसेवी धर्मराज बराल ‘भोला’ ले युनियनका अध्यक्ष नवीन सिग्देललाई ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाको चेक हस्तान्तरण गरेका थिए ।
स्व. मायादेवी बरालको पहिलो वार्षिक पुण्यतिथि पारेर पोखरा रानीपौवास्थित बराल निवासमा आयोजित कार्यक्रमबीच रकम हस्तान्तरण गरिएको हो ।
सो पुरस्कार प्रत्येक वर्ष शान्ति, राष्ट्र, राष्ट्रियता, अध्यात्मिक तथा धर्मसंस्कारका क्षेत्रमा कमल चलाउने १ जना पत्रकारलाई प्रदान गरिनेछ । पुरस्कार राशी २५ हजार ५ सय ५५ सहित दोसल्ला र सम्मानपत्र रहने छ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बरालले श्रमजीवि पत्रकारलाई प्रोत्साहन गर्नका लागि अक्षयकोष स्थापना गरेको बताए । उनले आगामी दिनमा अक्षयकोषको रकम बढाएर ५ लाख पु¥याउने आश्वासन समेत दिएका छन् । बरालले पत्रकारिता क्षेत्रमा आफूले सदैव सहयोग गरिरहने पनि जनाए ।
प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले श्रमजीवि पत्रकारलाई प्रोत्साहन र संरक्षण गर्ने अभियानमा जुटेको बताए ।
भर्खरै पत्रकारितामा लागेकालाई समेत कसरी प्रोत्साहन गर्ने भन्ने विषयमा ध्यान दिइने उनको भनाइ छ ।
त्यस अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, प्रेस युनियन कास्कीका सल्लाहकार डाक्टर बलराम उपाध्यय रेग्मी, शिरोमणि बराल, प्रेस युनियन गण्डकी प्रदेश संयोजक टंक अधिकारी, केन्द्रीय सदस्य सरीता पंगेनी र ऋषिकान्त पौडेलले पुरस्कार स्थापना गरेकोमा बराल परिवारप्रति धन्यवाद दिदै स्वर्गीय मायादेवी बरालको आत्मशान्तिको कामना गरेका थिए ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रवीना आलेले स्वागत र अर्का उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले कार्यक्रम सञ्चालन गरेको थिए ।
कार्यक्रममा युनियनका सचिव प्रदिप पौडेल र सदस्य महेन्द्र ढुंगानाको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं