पोखरा, २२ भदौ । नेपाली काँग्रेस कास्कीले दोस्रो चरणको जनजागरण अभियानलाई लक्षित गरी २ वटा समिति निर्माण गरेको छ ।
कास्की काँग्रेसको बैठकले अभियानलाई प्रभावकारी बनाउनका लागि प्रचार र अनुगमन समिति गठन गरेको हो ।
पार्टीले जिल्ला सदस्य एवं नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको संयोजकत्वमा प्रचार समिति गठन गरेको छ।
समितिको सदस्यमा जिल्ला सदस्यद्वय ओमप्रकाश गुरुङ, प्रेम तामाङ, नेपाल प्रेस युनियन कास्कीका उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा र सचिव प्रदिप पौडेल छन् ।
बैठकले क्षेत्र नं १(क) मा बुद्विमान गुरुङ, १(ख) मा कृष्ण कार्की, क्षेत्र नं २(क) मा केशरप्रसाद निर्दाेषी, २(ख)मा देवराज चालिसे, क्षेत्र नं ३(क) मा रामचन्द्र त्रिपाठी र ३(ख)मा दीपक गुरुङको संयोजकत्वमा अनुगमन समिति गठन गरेको हो ।
बैठकले स्थानीय तह पुनसंरचना अनुसार कास्कीका क्षेत्र र प्रदेशमा जिम्मेबारी पाएका सभापतिलाई बधाई ज्ञापन गरेको छ ।
बैठक कास्की काँग्रेसका कार्यवाहक सभापति आइबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।
दोस्रो चरणको जनजागरण अभियान भदौ २४ देखि शुरु हुदैछ ।
((
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं