पोखरा, ६ भदौ । नेपाली काँग्रेस कास्कीले कास्की क्षेत्र नं २ को उपनिर्वाचनलाई केन्द्रीत गर्दै वडाहरुमा प्रतिनिधि खटाएको छ ।
बिहीवारको बैठकले निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई शशक्त र प्रभावकारी बनाएर परिचालन गर्न ११ वटा वडामा प्रतिनिधि खटाएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।
बैठकले पोखरा १७ मा सभापति कृष्ण केसी, पोखरा २० मा उपसभापति आइबहादुर गुरुङ, पोखरा ११ मा सचिव सुदीपमोहन भट्टराई, पोखरा २१ मा सचिव देवेन्द्र रानाभाट, पोखरा ४ मा कोषाध्यक्ष लक्ष्मी पाण्डे, पोखरा ७ मा सहसचिव रङ्गिला आचार्यलाई प्रतिनिधि तोेकेको छ ।
त्यस्तै, पोखरा १५ मा क्षेत्रीय सभापति पोषनाथ शर्मा, पोखरा ९ मा क्षेत्रीय सभापति माधवप्रसाद बास्तोला ‘मधु, पोखरा १६ मा क्षेत्रीय सभापति विजयराज आचार्य, पोखरा ८ मा महानगर सभापति बजिरमान श्रेष्ठ र पोखरा ३३ मा महानगर सहसभापति राजेन्द्रमणि लामिछानेलाई प्रतिनिधि तोकेको छ ।
बैठकले पहिलो चरणको जनजागरण अभियानका क्रममा प्राप्त सुझाव अध्ययन गरी प्रतिवेदन तयार पार्न सचिव देवेन्द्र रानाभाटको संयोजकत्वमा गठित समितिले जिम्मेबारी पूरा गरेको भन्दै धन्यवाद ज्ञापन गरेको छ ।
त्यस्तै, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले साउन ३१ र ३२ गते पोखरा आयोजना गरेको प्रशिक्षण सफल बनाउन योगदान गरेको भन्दै पोखरा १७ कार्य समितिप्रति धन्यवाद व्यक्त गरेको छ ।
बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो ।
भर्खरै
नगर प्रमुख बालेन शाहले दिएको जिम्मेवारीमा बस्न मानेन तीन वडाअध्यक्ष
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं