पोखरा महानगरपालिकाको संस्थागत विद्यालय छात्रवृत्ति वितरणप्रति नेपाली काँग्रेसका तर्फबाट निर्वाचित ११ वडाध्यक्षहरुले आपत्ति जनाएका छन् ।
दलको नेता तथा सचेतक रामराज लामिछानेद्धारा जारी गरेको विज्ञप्तिमा पोखरा महानगरपालिकाको शिक्षा नियमावली २०७४ र संस्थागत विद्यालय छनोट निर्देशिका विपरीत छात्रवृत्ति एकलौटी, मनोमानी, नातावाद र कृपावादबाट वितरण गरिएको भन्दै विरोध गरिएको छ ।
काँग्रेसको तर्फबाट वडा नं. २, ३, ४, ६, ९, १०, ११, १२, २३, २७ र ३२ मा वडाध्यक्ष निर्वाचित भएका थिए ।
‘शिक्षा नियमावली २०७४ को छात्रवृत्ति सम्बन्धी व्यवस्थामा महानगर शिक्षा समितिले छात्रवृत्ति निर्धारण समितिमार्फत् वडा शिक्षा समितिसँग समन्वय गरी लै·िक समावेशिताको आधारमा गरीब, विपन्न, सिमान्तकृत, पिछडिएको वर्ग, लक्षित समुदाय भित्रका विद्यार्थी र जेहेन्दार जस्ता आरक्षण बमोजिमको छात्रवृत्ति प्रदान गर्ने व्यवस्था छ’ सचेतक लामिछानेद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘तर यी प्रावधानलाई मिचेर महानगर शिक्षा समितिले बेवास्ता गर्दै लक्षित समुदायका वर्गलाई उपेक्षा गरी आफ्नालाई मात्रै प्रथामिकतामा राखि वितरण गरिएको छात्रवृत्तिप्रति हाम्रो पूर्ण असहमती छ ।’
‘संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि २०७५ मा नगर शिक्षा समितिका संयोजक नै छात्रवृत्ति छनोट समिति संयोजक रहने प्रावधान हुदाँहुदै हामीसँग कुनै सल्लाह नगरी एकलौटी ढंगले समिति बनाइएको छ त्यो नै गलत छ’ सचेतक लामिछानेले भने,‘महानगरका हरेक गतिविधिमा काँग्रेसका तर्फबाट निर्वाचित ११ वडा अध्यक्षहरुसँग कुनै सल्लाहनै नगरी दुई तिहाइको दम्भ देखाउने काम भएकोमा हाम्रो आपत्ति छ ।’
नियतवस वहुमतको मिचाई गरी गरिएको छात्रवृत्ति वितरणको विरोध गर्दै तत्काल आवश्यक छानविन गरि सच्याउन विज्ञप्तिमार्फत् जोडदार माग गरिएको छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं