पोखरा, ८ साउन । नेपाली काँग्रेसका अगुवा नेताहरुले ‘नेकांभित्रै निकांको खोजी’ अभियान शुरु गरेका छन् ।
नेपाल प्राध्यापक संघका पूर्व अध्यक्ष प्रा.डा भुपति ढकाल ‘कमल’को नेतृत्वमा अभियान शुरु गरिएको हो । उनै ढकालको संयोजकत्वमा सात सदस्यीय तदर्थ कार्यसमिति बनाएर अभियान अघि बढाइएको छ ।
अभियानका संयोजक ढकालले बीपीको ३८ औं स्मृति दिवसको सन्दर्भ पारी पोखरामा मङ्गलबार पत्रकार सम्मेलनमार्फत अभियानको उद्देश्य सार्वजनिक गरेका छन् ।
पार्टीका निष्ठावान कार्यकर्तालाई संरक्षण गर्न तथा पार्टीलाई व्यक्ति र गुटको प्रभावबाट जोगाउन अभियान आवश्यक परेको उनको भनाइ छ । उनले अभियानले सबै काँग्रेसजनलाई एकजुट बनाउने विश्वास पनि व्यक्त गरे ।
काँग्रेसलाई आप्mनो स्वार्थ पूरा गर्ने साधन बनाइदैछ, निष्ठावान कार्यकर्ताको मूल्यांकन पनि छैन संयोजक ढकालले भने, ‘अब काँग्रेसलाई सुधार्न ढिला गर्नु हुदैन भनेर अभियान शुरु गरेका हौं ।’
उनले काँग्रेस नेताका निकटतम आफन्त र लगानीकर्ताको चंगुलमा परेको भन्दै चिन्ता व्यक्त गरे । कसैले केहि देलान् र केही पाउँने आशामा अभियान शुरु नगरेको उनले स्पष्ट पारे ।
सो अभियानलाई पार्टीको शुभेच्छुक संघ बनाएर अघि बढाउने तयारी छ । अभियानले काँग्रेस के हो, किन लाग्नु पर्छ, पार्टीले हालसम्म के के उपलब्धि ग¥यो र के गर्नु पथ्र्याे लगायतका विषयमा चर्चा गरिने छ ।
वडादेखि केन्द्रसम्म समिति बनाएर अभियानलाई तीव्र पारिने बताइएको छ । अभियानमा सहभागी हुन काँग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकलाई आग्रह गरिएको छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं