पार्टी नियमावली परिमार्जन आवश्यक – कोइराला

पार्टी नियमावली परिमार्जन आवश्यक – कोइराला

IMG_20190720_151828

पोखरा, ५ साउन । नेपाली काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीले तयार पारेको नियमावली परिमार्जन गर्न आवश्यक रहेको बताएका छन् ।

नियमावली परिमार्जन नगरे पार्टी केन्द्रदेखि तल्लो तहसम्म कम्यूनिष्ट संस्कृतिमा पुग्ने उनको भनाइ छ ।

‘यदि नियमावली जस्ताको तस्तै पास भए बोल्न समेत पाइदैन’ उनले भने, ‘परिमार्जन नभए म बैठकमा नोट अफ डिसेन्ट लेख्छु।’

नेपाल ट्रेड युनियन काँग्रेस कास्कीको छैटौं अधिवेशनपछिको प्रथम परिषद् पोखरामा शनिवार उद्घाटन गर्दै उनले सरकारका कारण मुलुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा खतरामा परेको उल्लेख गरे ।

उनले असुरक्षा, भ्रष्टाचार, दण्डहीनता र व्यापार घाटाले आकाश छोएको टिप्पणी गरे । नेता कोइरालाले पार्टीभित्र राजनैतिक संस्कार र नैतिकता हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

जनताले काँग्रेसलाई तिरस्कार गरेका छैनन्, उनले भने, ‘हाम्रै कमीकमजोरीका कारण पराजित भएको हौ।’

अर्का केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले राष्ट्रवादको कुरा गर्ने सरकार भारतसँग लम्पसार परेको बताए । उनले सरकारले ल्याएका अधिकांश विषय फेल भैसकेको दावी गरे ।

‘यो सरकारलाई काँग्रेस फाल्न हुदैन, टिक्न दिनुपर्छ, उनले भने, काम गर्न नसक्दा सरकार आफै असफल बनिरहेको छ।’
उनले काँग्रेस अघि बढ्न नसक्दा मुलुक अप्ठ्यारोमा पर्ने र लथालिङ्ग हुने भन्दै काँग्रेसभित्र नयाँ नतृत्व आवश्यक परेको बताए ।

नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष अजयकुमार राईले पार्टीलाई अघि बढाउन मजुदरका भावनालाई सम्वोधन गर्न आवश्यक रहेको बताए ।

नेपाल शिक्षक संघका पूर्व अध्यक्ष मोहन ज्ञवालीले पार्टीलाई सुधार्न नसके पार्टी अझै कमजोर बन्ने अवस्थामा पुग्ने जिकिर गरे ।

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसकी उपाध्यक्ष इन्दिरा सापकोटा, कास्की काँग्रेस सभापति कृष्ण केसी, नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी अध्यक्ष मुरारी शर्मा, केन्द्रीय सदस्य जित गुरुङ, रस्ता गुरुङ, अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवर, नेपाल ट्रेड युनियन काँग्रेस महिला संयोजक सकुन्तला शर्मा, कारखाना तथा श्रमिक संघका उपमहासचिव केशवराज भट्टराई, नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ, नेपाल ट्रेड युनियन काँग्रेस कास्की निवर्तमान सभापति कुलदेवी बराल, तनहुँका सभापति सूर्यचन्द्र खड्खले र ज्ञाज शर्माले बोलेका थिए ।
परिषद्ले सचिव रुद्र तिमिल्सिनाले प्रस्तुत गरेको वार्षीक र कोषाध्यक्ष शंकर खत्रीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका सभापति विजयराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कमल सापकोटाले स्वागत र सचिव रुद्र तिमिल्सिनाले संचालन गरेका थिए ।

युवा अध्यक्षमा पराजुली र महिला अध्यक्षमा गुरुङ
नेपाल ट्रेड युनियन काँग्रेस कास्कीको छैटौं अधिवेशनपछिको प्रथम परिषद्ले युवा र महिला समिति गठन गरेको छ ।

परिषद्ले सूर्य पराजुलीको अध्यक्षतामा युवा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा निराजन अधिकारी, सचिवमा गणेश कार्की, सहसचिवमा पूजा गुरुङ, कोषाध्यक्षमा कृष्णप्रसाद बुढा छन् भने सदस्यमा रोहित आचार्य, देवकुमार चौधरी, मनोज डुम्रे, प्रदिपकुमार ठाकुर, सन्तोष आचार्य र रोहित गिरी छन्।

त्यस्तै, पूर्णकुमारी गुरुङको अध्यक्षतामा महिला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा देवकी बराल, सचिवमा भीम थापा गौतम, सहसचिवमा श्रद्वा सुवेदी, कोषाध्यक्षमा हिरा अधिकारी छन् ।

सदस्यमा रीता कार्की, शान्ति गुरुङ, ऋषिमाया लामिछाने, देवीका तामाङ् र कमला लम्साल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
03 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 03 Sep 2025 00:35 UTC
Latest change: 02 Sep 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
141.06
Indian Rupee 
Indian Rupee
88.12
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.54
Japanese Yen 
Japanese Yen
148.64
US Dollar 
US Dollar
1
03 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 03 Sep 2025 00:35 UTC
Latest change: 02 Sep 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀