पोखरा, १६ फागुन । नेपाली काँग्रेस कास्कीले बिहीबार शोक बिज्ञप्ति प्रकाशित गरी ताप्लेजुङ्गमा भएको हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।
दुर्घटनामा परी कास्की भरतपोखरी निवासी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीको निधन भएकोमा स्तब्ध भएको उल्लेख छ ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा हस्ताक्षरित शोक विज्ञप्तिमा अधिकारी भद्र, मिलनसार र सुयोग्य भएको जनाइएको छ ।
विज्ञप्तिमा विद्यार्थी राजनीतिबाट संघर्ष गर्दै नेपाली राजनीतिमा अघि बढेका अधिकारी उदयमान नेता भएको उल्लेख छ ।
विज्ञप्तिमा सोही दुर्घटनामा यति एयरका प्रवन्ध निर्देशक आङ्छिरिङग शेर्पा, नागरिक उडड्यन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुव्र भोछिभोया, उपसचिव युवराज दाहाल, पाईलट प्रभाकर केसी, मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुन घिमिरेको मृत्यु भएकोमा दुःख व्यक्त गरिएको छ ।
विज्ञप्तिमा दुर्घटनामा मृत्यु भएकाको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना गरिएको छ ।
त्यस्तै, नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले पनि शोक विज्ञप्ति प्रकाशित गरी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
नाताले भानिज पर्ने अधिकारीले विद्यार्थीकाल देखि नै रचनात्मक परिवर्तनको पक्षमा संघर्षशिल भुमिका निर्वाह गरेको स्मरण गरिएको छ ।
नेता शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिकारीले देश र प्रजातन्त्रको पक्षमा उल्लेख्य योगदान पु¥याएको उल्लेख छ ।
उनको योगदानलाई सदाजिवन्त बनाउन नेकपा र परिवारलाई आग्रह गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना सहित शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं