पोखरा, ४ माघ । कास्कीका अग्रज काँग्रेस नेता प्रजातन्त्र सेनानी केशवराज रेग्मीको ७३ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।
पोखरा विन्ध्यवासिनी घर भएका रेग्मीको राजधानी सामाखुशीस्थित बहिनीको घरमा अपरान्ह चार बजे निधन भएको हो । रेग्मी विगत १५ वर्षदेखि दम रोगबाट प्रभावित छन् ।
उनका दुई श्रीमती र ५ जना दिदीबहिनी छन् । उनको शुक्रबार राजधानी आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
०३० सालमा गण्डकी छात्र समितिबाट राजनीतिमा प्रवेश गरेका रेग्मी नेपाल तरुण दल कास्कीका संस्थापक हुन्।
तत्कालिन अवस्थामा उनी नेपाली काँग्रेस पोखरा नगर सभापति समेत भएर पार्टीका लागि काम गरेका थिए । काँग्रेसका संस्थापक वीपी कोइराला पोखरा आउँदा रेग्मी स्वागत समितिको संयोजक थिए ।
पञ्चायति व्यवस्था बिरुद्वको आन्दोलनमा सहभागि हुदाँ पटक÷पटक गरी उनी पाँच वर्षसम्म जेल बसेका थिए ।
पञ्चायति व्यवस्था विरुद्व उनी जनचेतना अभिवृद्वि गर्न सम्मति नामक पत्रिकाको सम्पादक भएर काम गरेका थिए ।
यसैबीच, कास्की काँग्रेसका सभापति कृष्ण केसीले बिहीबार नै शोक विज्ञप्ति प्रकाशित गरी रेग्मीको निधनले पार्टीमा अपुरणिय क्षति पुगेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं