पोखरामा प्रदेशस्तरीय बेटी सम्मेलन

पोखरामा प्रदेशस्तरीय बेटी सम्मेलन

50524989_578980569231886_8647543671241048064_n

पोखरा, २ माघ । मूलधार महिला सेवा केन्द्र(मासवेस) उदयपुरको आयोजनामा पोखरामा मङ्गलबार प्रदेशस्तरीय बेटी सम्मेलन भएको छ ।

‘सहन नपरोस् हिंसा र दुव्र्यवहार, स्वास्थ्य र शिक्षालाई बनाऔं चेलीबेटी शशक्तिकरणको हतियार’ भन्ने मूल नाराका साथ सम्मेलन गरिएको हो ।

नेपाल परिवार नियोजन संघ कास्कीको सहयोगमा आयोजित सम्मेलनमा ५५ जनाको सहभागिता रहेको थियो ।

सम्मेलन उद्घाटन गर्दै गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माले कुनै न कुनै बहानामा चेलीबेटीमाथिको हिंसा जारी नै रहेको बताइन् ।

उनले महिलाहरुको स्वास्थ्य अवस्था समेत राम्रो नरहेको भन्दै महिलाहरुको स्वास्थ्यलाई राम्रो बनाउन आवश्यक रहेको औल्याइन् । उपसभामुख शर्माले मासवेसको अभियानलाइ सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरिन् ।

गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले बेटी सम्मेलनले हिमाल, पहाड र तराईलाई समेटेको भन्दै प्रशंसा गरिन् ।

गण्डकी प्रदेशसभा सदस्य मिना गुरुङले महिला शशक्तिकरणका लागि बेटी सम्मेलनले महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरिन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ओम रानाले महिलाहरुमा आत्मविश्वासको विकास गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीकी सदस्य बिन्दु भण्डारी, अधिकारकर्मी नम्रता बराल, कानुन व्यवसायी जुना गुरुङ, नेपाल परिवार नियोजन संघ कास्कीका सचिव उमेशराज पराजुली, मासवेसकी प्रवत्ता सरिता राई, अभियन्ता अप्सना खातुन, सानु चौधरी लगायतले बोलेका थिए ।

मासवेसकी अध्यक्ष एवं अभियान संयोजक नजबुल खानको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष सानु चौधरीले स्वागत र संचारकर्मी सरिता पगेनी तिमिल्सिनाले कार्यक्रम संचालन गरेकी थिईन् ।

मासबेसले ‘आसनमा महिला, भाषणमा महिला, शासनमा महिला’ भन्ने मूल नाराका साथ सन् २०१२ देखि महिला शशक्तिकरण सम्वन्धी राष्ट्रिय अभियान संचालन गर्दै आएको अध्यक्ष खानले बताइन् ।

हालसम्म नेपालका २४ वटा जिल्ला सहित भारत र बङ्गलादेशमा समेत अभियान संचालन भैसकेको छ ।

मासबेसले माघ १८, १९ र २० गते उदयपुरको त्रियुगा नगरपालिकाको गाईघाटमा प्रथम राष्ट्रिय बेटी सम्मेलन गर्दैछ ।

राष्ट्रिय सम्मेलनको तयारी स्वरुप सात वटै प्रदेशमा प्रदेशस्तरीय छलफल तथा संवाद कार्यक्रमहरु तय गरिएको छ । अहिलेसम्म चार वटा प्रदेशमा कार्यक्रम संचालन गरी सम्मेलनका लागि प्रतिनिधि छनोट गरिएको संस्थाकी प्रवत्ता सरिता राईले जानकारी दिईन् ।

यो संस्थाले सेभेन पिल्लर अफ नेपाल महिला अंकित स्तम्भ निर्माण गर्ने र नेपालमा सेनेटरी प्याड निःशुल्क बनाउने उदेश्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀