पोखराबाट काँग्रेसलाई दिइयो यस्तो सुझाव

पोखराबाट काँग्रेसलाई दिइयो यस्तो सुझाव

congress

पोखरा, २ मंसिर। पार्टिभित्र काम गरेका कार्यकर्ताको मूल्याङ्कन र जनताको आवश्यकता सम्बोधन गर्ने गरी काँग्रेसलाई अघि बढाउनु पर्नेमा सुझाव दिइएको छ।

नेपाली काँग्रेस राजनीतिक प्रस्ताव मस्यौदा समितिले पोखरामा आइतबार आयोजना गरेको गण्डकी प्रदेशस्तरीय राय सुझाव संकलन कार्यशालामा त्यस्तो सुझाव दिइएको हो।

गण्डकी प्रदेशभित्रका काँग्रेसका महाधिवेशन प्रतिनिधि र भातृसंस्थाका प्रमुखहरुको सहभागिता रहेको कार्यशालामा पार्टिो नेतृत्वमा सरकार संचालन गर्दा वीपीको राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्वान्तलाई बेवास्ता गरिँदा पार्टिकमजोर भएको औल्याइएको छ।

‘पार्टि मूल्याङ्कन नभइ पैसा हावी भएकोप्रति चर्काे आवाज उठ्यो कार्यशालामा सहभागी महासमिति सदस्य ऋषि काफ्लेले भने, ‘पार्टिई मूल्याङ्कन आधारमा संचालन गर्ने गरी पार्टिो विधान बनाउन सुझाव दिइएको छ।’

सहभागीले युवालाई आकषिर्त गर्ने गरी शिक्षा र रोजगारीमा जोड दिन, पार्टिई सशक्त बनाउन भातृ तथा शुभेच्छुक संघ/संस्थाको नियमित अधिवेशन गराउन र जनताको भावनालाई सम्बोधन गर्न सुझाव दिएका थिए।

सरकारले सही काम नगरेको र संघीयतालाई असफल बनाउन उन्मुख रहेको भन्दै काँग्रेसले खबरदारी गर्नुपर्नेमा समेत उनीहरुको जोड छ।

त्यस्तै, पार्टि नेता सत्तामुखी र कार्यकर्ता नेतामुखी हुने प्रवृत्ति अन्त्य गर्ने खालको विधान बनाउन सुझाव दिइएको थियो।

पार्टिगुट/उपगुटमा विभाजित बन्दा कमजोर भएको भन्दै नेतालाई कार्यकर्तामुखी र कार्यकर्तालार्ई जनतामुखी बन्न सुझाव दिइएको हो।

कार्यशालामा विभिन्न १२ विषयमा समूहगत छलफल गरिएको थियो। पार्टिो आदर्श, राष्ट्रियता, लोकतन्त्र र समाजवाद, अन्य दलहरुप्रतिको दृष्टिकोण, भातृ तथा शुभेच्छुक संघसंस्थाको व्यवस्थापन, वर्तमान सरकारप्रतिको दृष्टिकोण, मुलुकको राजनीतिक समस्या र काँग्रेसले अब लिनु पर्ने बाटो लगायत विषयमा छलफल गरिएको हो।

यसअघि कार्यशाला उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले सरकारले मनपरी गरिरहे काँग्रेसले बाँकी राख्न नहुने बताए।

‘सरकार विकास र समृद्विका लागि अघि बढे काँग्रेस बाधक बन्दैन,’ उनले भने, ‘तर सरकारले मनोमानी गरिरहे चुप लाग्न हुँदैन।’

सरकारले जनतामाथि कर थुपारेको र शान्तिसुरक्षा कायम गर्न नसकेको भन्दै सरकारबाट केही आशा गर्न नसकिने उनको भनाइ छ।

नेता श्रेष्ठले पार्टिभित्र आपसी झगडा हुन सक्ने भन्दै बाहिर निस्कँदा एकजुट हुन नसक्नुले पार्टिकमजोर भएको बताए। उनले जनतालाई आकषिर्त गर्ने गरी पार्टिे आर्थिक र सामाजिक नीति बनाउनले स्पष्ट पारे।

कार्यक्रममा पार्टि केन्द्रीय सदस्य महेन्द्र यादव, पूर्वमन्त्री यज्ञबहादुर थापा, राष्ट्रिय सभा सदस्य बृन्दा राना, गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, काँग्रेस नेता शुक्रराज शर्मा, कास्की काँग्रेसका सभापति कृष्ण केसी र सचिव देवेन्द्र रानाभाटले बोलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀