पोखरा, २० असोज। पोखरा महानगरपालिका वडा १३, वीपीमार्गमा मस्तिष्क पक्षघात भएकाहरुका लागि दिवा सेवा केन्द्र संचालनमा ल्याइएको छ।
मस्तिष्क पक्षघात संरक्षक समूहले मस्तिष्क पक्षघातसम्बन्धी समस्या भएकाहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले केन्द्र संचालनमा ल्याएको हो।केन्द्रबाट नौ जनाले सेवा लिइरहेका छन्। १५ जनासम्मलाई सेवा उपलब्ध गराउने लक्ष्य रहेको केन्द्रले जनाएको छ।
अन्तर्राष्ट्रिय मस्तिष्क पक्षघात दिवस अवसरमा पोखरा महानगरपालिका वडा १३ का अध्यक्ष दर्शन लामाले सो केन्द्र उद्घाटन गरे। वडाध्यक्ष लामाले केन्द्र संचालनका लागि एक वर्षसम्म वडा कार्यालयले भाडा उपलब्ध गराउने प्रतिबद्वता व्यक्त गरे। उनले केन्द्रसम्म पुग्नका लागि मुख्य सडकदेखि अपाङ्गतामैत्री बाटो निर्माण गर्ने बताए।
बाल रोग विशेषज्ञ डा रामचन्द्र बास्तोलाले मस्तिष्क पक्षघात भएकाहरुलाई परिवारमात्र नभएर समाजले पनि सेवा गर्नुपर्नेमा जोड दिए।
राष्ट्रिय अपाङ्गता महासंघकी केन्द्रीय सदस्य प्रमिला जोशीले अपाङ्गता भएकाहरुप्रति राज्यको ध्यानाकर्षण गराउन पहल भइरहेको बताइन्।
त्यस अवसरमा गण्डकी निर्माण समन्वय प्रालिका अध्यक्ष रामजी सिके, आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल, सुनौलो बिहानी केन्द्र लेखनाथका अध्यक्ष मिलन केसी, संस्थाका सल्लाहकार संयोजक नारायणप्रसाद अधिकारी, सल्लाहकार पदमप्रसाद सुवेदी, विक्रम यादव, लायन्स क्लब अफ मेट्रोसिटीका अध्यक्ष सुशील केसी, सूर्यनारायण कन्ष्ट्रक्सन प्रालिका निर्देशक सूर्यनारायण बराल र सेवाग्राही वविता गुरुङले बोलेका थिए। कार्यक्रममा गण्डकी निर्माण समन्वय प्रालिले ५० हजार र प्रमिला जोशीले १० हजार आर्थिक सहयोग गर्ने घोषणा गरेका गरिन् ।
मस्तिष्क पक्षघात संरक्षक समूहका अध्यक्ष रमेश सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव सुनिता आचार्यले स्वागत र सचिव चेतनाथ अधिकारीले कार्यक्रम संचालन गरेका थिए।
यसअघि दिवस अवसरमा वडा कार्यालयदेखि केन्द्रसम्म र्याली निकालिएको थियो। र्यालीमा विशेष तालिम पायौं भने आत्मनिर्भर बन्छौ, मस्तिष्क पक्षघात बारे जानकारी लिऔं, हामीलाई पनि सम्मान गरौं लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं